मुख्य समाचार
हर्कराज राई (साम्पाङ) ले पद सम्हालेपछि नियमविपरीत ४० जनालाई विभिन्न पदमा नियुक्त गरेको खुलासा
हर्कराज राई (साम्पाङ) ले पद सम्हालेपछि नियमविपरीत ४० जनालाई विभिन्न पदमा नियुक्त गरेको खुलासा

: भ्रष्टाचार विरोधी छवि बनाएर चर्चामा आएका धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राई (साम्पाङ) ले पद सम्हालेपछि नियमविपरीत ४० जनालाई विभिन्न पदमा नियुक्त गरेको खुलासा भएको छ। उपमहानगरपालिकालाई दीर्घकालीन आर्थिक भार पर्ने गरी गरिएको उक्त भर्ती प्रक्रियाले हर्कको सार्वजनिक छविमाथि गम्भीर प्रश्न खडा गरेको छ।




उपमहानगरपालिकाले अन्नपूर्ण पोस्ट्लाई लिखित रूपमा उपलब्ध गराएको विवरणअनुसार हर्कराज राई मेयर निर्वाचित भएपछि ३१ जनालाई करार सेवामा र ४० जनालाई दैनिक ज्यालादारी गरी ७१ जना कर्मचारीलाई नियुक्त गरिएको छ। ३१ कर्मचारी नियुक्ति प्रक्रिया नियमसंगत गरिएको भए पनि अन्य ४० जना कर्माचारीहरूको नियुक्तिहरू स्थानीय तह सेवा ऐनको नियमविपरीत गरिएको उपमहानगर स्रोतको जानकारी दिएको छ।



धरान उपमहानगरपालिकामा भर्ती गरिएका ३१ जना कर्मचारीको नियुक्तिमा सूचना प्रकाशित गरी नियमसंगत नियुक्त गरिएको भए पनि अन्य ४० जनाको नियुक्तिमा खुला सूचना प्रकाशित नगरी बिनाप्रतिस्पर्धा कर्मचारीलाई भर्ती गरिएको छ।


उपमहानगरपालिकाको प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटाले २०७९ सालमा हर्क निर्वाचित भएर आएपछि ३१ जनालाई करार सेवामा र सूचना संकलन, सरसफाइकर्मी, माली, चौकीदार, काउन्टर कर्मचारी, इन्चार्जलगायत पदमा ४० जनालाई नगरपालिकाको आन्तरिक स्रोतबाट मासिक तलब खाने गरी दैनिक ज्यालादारीमा नियुक्त गरिएको बताए। स्रोतका अनुसार यी पदहरूमा नियुक्त गरिएका अधिकांश व्यक्ति हर्कराज राईका आफन्त, निकट कार्यकर्ता र समर्थक छन्। यसले ‘भ्रष्टाचार विरोधी’ नारासँगै अघि बढेका हर्कले व्यवहारमा भने आफन्तवाद र कार्यकर्ता पोषणको नीति अपनाएको नेपाली कांग्रेस धरानकी कोषाध्यक्ष पञ्चकला राईले बताइन्।

धरान उपमहानगरपालिकामा हर्कराज राई मेयर बनेपछि ७१ कर्मचारी नियुक्त गरिएको खुलासा।
तीमध्ये ३१ जना करार सेवामा नियमसंगत भए पनि ४० जना दैनिक ज्यालादारीमा नियमविपरीत नियुक्त।
त्यसैगरी करार सेवामा नियुक्त गरिएका ३१ जनामध्ये ५ जना दमकल (बारुणयन्त्र) सिपाही, १८ जना नगर प्रहरी तथा ८ जना सवारी चालक र कार्यालय सहयोगी छन्। यस्ता संवेदनशील सेवासँग सम्बन्धित पदहरूमासमेत प्रक्रियागत स्वीकृति, बजेट सुनिश्चितता र कानुनी आधारबिना नियुक्ति गरिएको बताइएको छ।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले करारमा नियुक्त गरिएका कर्मचारी आवश्यकताअनुसार नियुक्त गरिएको बताए। उनले दैनिक ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। कार्यवाहक मेयर बेघाले उपमहानगरपालिकामा भएका सबै गैरकानुनी काम खारेज गरिने चेतावनी दिएका छन्। हर्कले धरान खानेपानी व्यवस्थापन बोर्डमा पनि २२ जनालाई गैरकानुनी रूपमा नियुक्त गरेका छन्। खानेपानी कार्यालयमा २ जना खरिदार र २० जनालाई कार्यालय सहयोगीको स्केलअनुसार तलब खाने गरी नियुक्त गरेको खानेपानी व्यवस्थापन बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताए।

हर्कले ‘जन श्रमदान’ को नाममा निर्माण गरिएका भौतिक संरचना, पार्क तथा अन्य परियोजनाहरू उपमहानगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण नगरेको र अडिटसमेत नगराएको बेघाले बताएका छन्। यसले सार्वजनिक सम्पत्तिको दुरुपयोग र वित्तीय अपारदर्शिताको आशंका बढाएको छ। धरानको मेयर पदबाट राजीनामा दिएका हर्कराज राई फागुन २१ गते हुने निर्वाचनमा सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५ औं स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताए । उनले सुशासन कायम गर्नको लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र ...
। पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा मासिक चार हजार पुर्‍याएको दावी गरेका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अहिले विभिन्न सरकार फेरिँदा अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेकाले उनले टिप्प्णी गरे । उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च ...
: राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरे। विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक ...
वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यापारीहरूले कुटेर लखेटेका छन्
: राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबारको राष्ट्रिसभा वैठकले विधेयक सर्वसम्मतरुपमा पारित गरेको हो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्दै प्रस्तुत गरेका थिए । यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ...