मुख्य समाचार
पाकिस्तानले आइसिसी टी २० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता
पाकिस्तानले आइसिसी टी २० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता

: पाकिस्तानले आइसिसी टी २० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने आफ्नो निर्णय फिर्ता लिएको छ । भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकप २०२६ मा भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा प्रतिस्पर्धा गर्ने भएका छन् । निर्धारित तालिकामा नै यी दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। आइसिसी र पाकिस्तान क्रिकेट बोर्ड बीच भएको असमझदारीको समाधान भइसकेपछि यी दुई टोलीले पुन विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका हुन्।




पाकिस्तान सरकारद्वारा सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा हालसम्म प्राप्त उपलब्धि तथा मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्धको खेल खेल्न टोलीलाई अनुमति दिइएको उल्लेख गरिएको छ । पछिल्ला केही दिनयता पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी), बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बीच पाकिस्तानलाई भारतविरुद्धको खेल बहिष्कार नगर्न मनाउने उद्देश्यले तीव्र छलफल हुँदै आएको थियो । टी २० विश्वकपको सबैभन्दा आर्थिक रूपमा लाभदायक मानिने यो खेल बहिष्कारको धम्की फिर्ता हुनेमा आशा बढ्दै गएको थियो ।



सोमबार साँझ पीसीबी अध्यक्ष मोहसिन नक्वीले भारतविरुद्धको खेलबारे २४ देखि ४८ घण्टाभित्र निर्णय आउन सक्ने बताएका थिए । त्यसको केही मिनेटअघि आईसीसीले पनि वक्तव्य जारी गर्दै भारत भ्रमण गर्न अस्वीकार गरेपछि टी २० विश्वकपबाट बाहिरिएको बंगलादेशप्रति आफ्नो धारणा केही नरम बनाएको संकेत दिएको थियो।



आइसीसीले बंगलादेशमाथि कुनै पनि जरिवाना नलगाइने स्पष्ट पनि पारेको छ । बंगलादेशलाई २०२८–२०३१ चक्रअन्तर्गत थप एक आइसीसी प्रतियोगिताको आयोजना अधिकारसमेत प्रदान गरिएको जनाएको थियो । लागि बङ्गलादेशले आइसिसीको नियमित होस्टिङ प्रक्रिया र मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ। यसलाई बङ्गलादेशको आयोजना क्षमता र क्रिकेट पूर्वाधारमाथि विश्वासको रुपमा हेरिएको समेत आइसिसीले बताएको छ।

आइसिसीका एक्जिक्यटिभ संजोग गुप्ताले भने,‘जारी विश्वकपमा बङ्गलादेश, यसको हिस्सा नहुनु निकै दुःखद छ। तर यसपछि पनि हामी बङ्गलादेश क्रिकेटको विकासका लागि सम्बन्धित संस्थासँग सहकार्य गरिरहनेछौं।' उनले भने,‘बङ्गलादेश यथावत रूपमा नै आइसिसीको प्राथमिकताभित्र पर्नेछ। बङ्गलादेश लामो क्रिकेट विकास र प्रतिस्पर्धात्मक खेलहरूको हकदार देश हो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम