मुख्य समाचार
आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदममा छापा हान्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा
आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदममा छापा हान्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा

: आदर्शनगरमा सोमबार ट्रान्सपोर्टको गोदममा छापा हान्न गएको सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

वीरगन्ज-१० आदर्शनगरस्थित मदन गुप्ताको घर भाडामा लिएर विनोद साहले सञ्चालन गरेको सबिता ट्रेडर्सको गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारी नेतृत्वको टोलीले छापा मारेर १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको साडी लगायतका कपडा बरामद गरेको थियो।



उक्त गोदममा खानतलासी गर्ने क्रममा स्थानीय ट्रान्सपोर्ट व्यपारी र तीनका कर्मचारीहरूको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण सशस्त्र प्रहरीको भागाभाग भएको थियो भने तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए। सशस्त्र प्रहरीका दुई वटा गाडीमा तोडफोडपनि गरिएको थियो।



उक्त घटनामै संलग्न रहेको आरोपमा प्रहरीले सोमबार साँझसम्म तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले आदर्शनगरकै जय माँ दुर्गे ट्रान्सपोर्टमा कार्यरत प्रितम तिवारी, शिवचन्द साह र गुन्जन सर्राफलाई पक्रेर लगेको ट्रान्सपोर्टका सञ्चालक मदन प्रसाद गुप्ताले जानकारी दिए। उक्त घटनामा संलग्न नै नरहेका आफ्नो ट्रान्सपोर्टका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेर लगेको उनले बताए।

यता वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीले भने अनुसन्धानका लागि सोमबार साँझसम्म प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको जानकारी दिए। राजश्व छलेर भित्रयाइएको सामान ट्रान्सपोर्टको गोदाममा भण्डारण गरेर राखिएको सूचनाका आधारमा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीको नेतृत्वमा दुई गाडी सशस्त्र प्रहरी आदर्शनगर गएको थियो।

सशस्त्र प्रहरीले गोदाममा खानतलासी गर्नका लागि प्रकृया सुरु गर्न खोजेपछि व्यापारीहरूले बिलबिजक आफूहरूसँग भए पनि सशस्त्र प्रहरीले अनावश्यक रूपमा दुख दिन थालेको भन्दै विवाद गरेका थिए। त्यसपछि सशस्त्र प्रहरीले गोदामको ढोकाको ताल्चा फुटाउन खोज्दा व्यापारीहरूले प्रतिवाद गर्दा अवस्था तनावग्रस्त बन्न पुगेको थियो।

सशस्त्र प्रहरीले जबरजस्ती गर्न खोजेको भन्दै व्यापारीहरूले सशस्त्र प्रहरीको टोली र उनीहरू सवार भइ आएका दुई वटा गाडीमा बाँसको फाटा र ढुंगाले हान्न सुरु गरे गरेका थिए। त्यसपछि सशस्त्र प्रहरीको टोली गाडी लिएर त्यहाँबाट भागेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले उक्त गोदामबाट भन्सार राजश्व छलीका १२ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको साडी लगायतका कपडा बरामद गरिएको बताए। सोमबार बिहान भएको झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भएको र उपचारपछि उनिहरु ब्यारेकमा फर्किएको उनले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५ औं स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताए । उनले सुशासन कायम गर्नको लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र ...
। पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा मासिक चार हजार पुर्‍याएको दावी गरेका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अहिले विभिन्न सरकार फेरिँदा अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेकाले उनले टिप्प्णी गरे । उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च ...
: राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरे। विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक ...
वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यापारीहरूले कुटेर लखेटेका छन्
: राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबारको राष्ट्रिसभा वैठकले विधेयक सर्वसम्मतरुपमा पारित गरेको हो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्दै प्रस्तुत गरेका थिए । यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ...