मुख्य समाचार
हल्ला गर्दैमा नयाँ भइँदैन, नेकपाले नै देशको बागडोर सम्हाल्नु पर्ने अवस्था छ
हल्ला गर्दैमा नयाँ भइँदैन, नेकपाले नै देशको बागडोर सम्हाल्नु पर्ने अवस्था छ

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको बागडोर नेकपाले सम्हाल्नु पर्ने देशको आवश्यकता रहेको बताएका छन् । नेकपा ओखलढुंगाको निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा होहल्ला गर्दैमा नयाँ नहुने दावी गरे ।




उनले भदौ २३ गते विद्यार्थीको हत्या गर्ने र २४ गते विध्वंश मच्चाउनेहरूले आत्मसमीक्षा समेत नगरी हो–हल्ला गरेर हिँडेको आरोप लगाए । उनले भने, ‘यी दुवैभन्दा हामी फरक छौं, विचारले फरक । यो पार्टीले देशको बागडोर सम्हाल्नु पर्ने आजको ऐतिहासिक आवश्यकता हो । त्यही आवश्यकता महसुस गरेर नै देशभक्त र कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेका हौँ ।’



उनले बाहिरबाट आफ्नो उमेरले डाँडो काटे पनि भित्रबाट त्यस्तो नभएको जिकिर गरेका छन् । उनले भने, ‘उमेरले बाहिरबाट डाँडो काटे जस्तो देखिएको होला, तर भित्रबाट बिल्कुल कटेको छैन । मैले अन्तिम समयसम्म राष्ट्रको स्वाधीनता र जनताको हितमा समर्पित भएर नयाँ आन्दोलनको सृष्टि गर्ने संकल्प गरेको छु ।’



कार्यक्रममा एमाले छाडेर नेकपाको उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले एमालेमा दास र लाशहरु मात्र बाँकी रहेकाले विद्रोह गरेको भन्दै जनताको मायाले चुनाव जित्ने दावी गरे । प्रचण्डले अम्बिरबाबुलाई चुनाव जिताएमा पार्टीले उचित जिम्मेवारी दिने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख दायित्व भएको बताएका छन्। आयोगको ३५ औं स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा प्रशंसापत्र वितरण कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकतामा हुनुपर्ने बताए । उनले सुशासन कायम गर्नको लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले ऐन, नियम र कानुनको चुस्त र ...
। पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा मासिक चार हजार पुर्‍याएको दावी गरेका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अहिले विभिन्न सरकार फेरिँदा अर्थतन्त्र अफ्ठेरो अवस्थामा रहेकाले उनले टिप्प्णी गरे । उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च ...
: राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको सोमबार बसेको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरे। विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक ...
वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित ट्रान्सपोर्टमा छापा मार्न गएका सशस्त्र प्रहरीको टोलीलाई व्यापारीहरूले कुटेर लखेटेका छन्
: राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबारको राष्ट्रिसभा वैठकले विधेयक सर्वसम्मतरुपमा पारित गरेको हो । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्दै प्रस्तुत गरेका थिए । यसअघि विधयान व्यवस्थापन समितिमा छलफल भएको पर्यटन विधेयकमाथि छलफल गरेर सभामा लगेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ...