: रामेछापको बेनिघाट पुल नजिकै भएको दुर्घटनामा मृत्यु भएका १२ जनामध्ये ९ जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखा भिमेश्वर नगरपालिका-७ की २५ वर्षीया बबि तामाङ, सोही नगरपालिका वडा-८ का ६० वर्षीय मानबहादुर तामाङ, रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा-४ का २८ वर्षीय दीपेश बस्नेत, सोही गाउँपालिका वडा-७ का ३५ वर्षीया सुनमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीय भिमबहाबहादुर तामाङ, १६ वर्षीया रमिता तामाङ, सोही गाउँपालिका वडा-४ का दीपेन्द्र बस्नेत र सिन्धुली गोलन्जोर गाउँपालिका वडा-६ का ३४ वर्षीय शिव श्रेष्ठ रहेका छन्। अन्य ३ जनाको सनाखत हुन बाँकी छ।
त्यस्तै दुर्घटनामा ५ पुरुष र ३ महिला गरी ८ जना घाइते छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइते हुनेमा समिर श्रेष्ठ, जयबहादुर तामाङ, निलिमा तामाङ, निष्मा शेपा, सोम देण्डी शेपा, देवकी खड्का र आलोकबहादुर थापा छन्। चालक सुशान्त थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सामान्य घाइते रहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट मन्थली-खुर्कोट हुँदै ओखलढुंगा जाँदै गरेको बा.प्र ००१-०५ ख ९९७५ नम्बरको बस मंगलबार विहान तामाकोशी नदीमा खसेको थियो।