मुख्य समाचार
आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सबै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सेनालाई निर्देशन
आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सबै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सेनालाई निर्देशन

— प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावमा सबै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्न सेनालाई निर्देशन दिएकी छिन्।

रक्षामन्त्री समेत रहेकी उनले मंगलबार जंगीअड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै सुरक्षा संवेदनशीलताका आधारमा सबैसँग समन्वय गर्न निर्देशन दिएकी हुन्।

‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरुबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस्,’ कार्कीले भनिन्।

विगतमा समन्वयमा त्रुटि भएका भए अहिले त्यस्तो दोहोरिन नपाओस् भनेर सचेत रहन समेत पनि उनले निर्देशन दिइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस् ।’

पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको ...
: निर्वाचन आयोगले आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र पेस गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गरेर फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई घोषणापत्र पेस गर्न आयोगले निर्देशन दिएको हो। आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मंगलबार पश्चिम नवलपरासीको ११ वटा स्थानमा चुनावी कार्यक्रममा सहभागी भएका छन् । जिल्लाको मुख्य बजार क्षेत्र सुनवल, परासी, बेलासपुर, महेशपुर, भुजहवा, सूर्यपुरा, बेलाटारी, रुपौलिया, गोपिगञ्ज, जिमिरेभार र बर्दघाटमा मतदाता भेटघाट र चुनावी कार्यक्रममा उनी सहभागी भएका हुन् । जिल्ला प्रशासन कार्यालयले सोमबार आचारसंहिता विपरितका कार्यक्रम नगर्न सूचना प्रकाशित ...
: नेपाली कम्युनिष्ट पार्टीले नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप आफ्नो प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, शासकीय स्वरुप र संघीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ। वर्तमान निर्वाचन प्रणालीअन्तर्गत एकै पार्टीले बहुमत प्राप्त गरी पाँच वर्षसम्म सरकार चलाउने सम्भावना न्युन रहेकोले नेपाली जनताका विभिन्न कालखण्डका संघर्ष, बलिदान तथा पछिल्लो नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप राजनीतिक स्थिरताका लागि संविधान ...
— काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ । कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न महानगरको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँइ र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा महानगरका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी ...