मुख्य समाचार
डोनाल्ड ट्रम्पले अमेरिकालाई क्यानडासँग जोड्ने नयाँ पुलको उद्‍घाटन रोक्ने धम्की
डोनाल्ड ट्रम्पले अमेरिकालाई क्यानडासँग जोड्ने नयाँ पुलको उद्‍घाटन रोक्ने धम्की

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकालाई क्यानडासँग जोड्ने नयाँ पुलको उद्‍घाटन रोक्ने धम्की दिएका छन् ।

अमेरिकाको डेट्रोइट र क्यानडाको विन्डसर जोड्ने निर्माणाधीन १.५ माइल लामो गोर्डी होवे अन्तर्राष्ट्रिय पुलको उद्‍घाटनको अनुमति नदिने दाबी उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत गरेका हुन् ।

यस पुल निर्माणको मुख्य काम सकिइसकेको छ र केही समय परीक्षण गरेपछि यसै वर्ष उद्‍घाटन गर्ने लक्ष्य क्यानडाले राखेको छ ।

४ अर्ब डलरभन्दा बढी खर्च गरिने यस पुलको नाम प्रसिद्ध क्यानेडियन आइस हक्की खेलाडी गोर्डी होवेको नाममा राखिएको हो । पुलको पूर्ण भुक्तानी, निर्माण, सञ्चालन र मर्मतसम्भार क्यानडाले गरिरहेको छ । तर, २०१२ को सम्झौतामा यस पुलको संयुक्त स्वामित्व क्यानडा सरकार र अमेरिकाको मिशिगन राज्यको रहने उल्लेख छ ।

पुल निर्माणमा प्रयोग हुने कुनै पनि फलाम र स्टील अमेरिका वा क्यानडामा उत्पादन गरिनुपर्ने पनि सम्झौतामा उल्लेख छ । विन्डसरका मेयर ड्र्यू डिल्केन्सले पुलको मिशिगन तर्फको भागमा निर्माणका क्रममा अमेरिकी स्टील प्रयोग गरिएको बताए । उनले ट्रम्पको चेतावनीलाई 'पागलपन' संज्ञा दिए ।

तीन साताअघि स्विचरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको कार्यक्रममा बोल्दै क्यानडाका प्रधानमन्त्री म्याक कार्नीले विश्वमहाशक्तिको दबाबविरुद्ध मध्यम तथा साना देशहरु एकजुट हुनुपर्ने बताएका थिए । अमेरिकासँग पहिल्यै बिग्रिएको क्यानडाको सम्बन्धलाई यसले थप असर गरेको छ ।

चीनसँग व्यापार सम्झौता गर्ने सहमति क्यानडाले गरेपछि यो सम्बन्ध थप चिसिएको छ । ट्रम्पले चीनसँग सम्झौता नगर्न क्यानडालाई चेतावनी दिइरहेका छन् । सोमबार पनि उनले ट्रुथ सोशल पोस्टमा सम्झौता नगर्न चेतावनी दिए ।

क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा सबै क्यानेडियाली सामानहरूमा १००% भन्सार लगाउने उनको धम्की छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...