मुख्य समाचार
पश्चिम नवलपरासीको ११ वटा स्थानमा चुनावी कार्यक्रम
पश्चिम नवलपरासीको ११ वटा स्थानमा चुनावी कार्यक्रम

— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मंगलबार पश्चिम नवलपरासीको ११ वटा स्थानमा चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

जिल्लाको मुख्य बजार क्षेत्र सुनवल, परासी, बेलासपुर, महेशपुर, भुजहवा, सूर्यपुरा, बेलाटारी, रुपौलिया, गोपिगञ्ज, जिमिरेभार र बर्दघाटमा मतदाता भेटघाट र चुनावी कार्यक्रममा उनी सहभागी भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले सोमबार आचारसंहिता विपरितका कार्यक्रम नगर्न सूचना प्रकाशित गरे पनि लामिछानेको सहभागितामा जिल्लाको दुई वटै क्षेत्रमा चुनाव लक्षित कार्यक्रम आयोजना गरिएको थियो । चुनाव लक्षित कार्यक्रममा बोल्दै लामिछानेले परिवर्तनका लागि एकजुट हुन र फागुन २१ लाई परिवर्तनको दिनको रुपमा प्रयोग गर्न आग्रह गरे ।

प्रशासनले सोमबार नै यस्ता कार्यक्रम नगर्न सचेत गराएकाले लामिछानेले लामो राजनीतिक भाषण नगरीकन घुमाउरो पारामा आफ्ना उम्मेदवारका लागि भोट मागेका थिए ।

सोमबार जिल्ला प्रशासन पश्चिम नवलपरासीले निर्वाचन आचारसंहिता उल्लंघन नगर्न रास्वपा पश्चिम नवलपरासीलाई आग्रह गरेको थियो । यस्ता कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हुने आचारसंहिता विपरीतका गतिविधि नगर्न प्रशासनले सूचना जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीले आचारसंहिता विपरीत कार्यक्रम आयोजना हुन लागेको सूचना आएकाले यस्ता कार्यत्रम नगर्न ध्यानाकर्षण गराएको बताए ।

निर्वाचन आयोगले फागुन ४ गतेयता घरदैलो र चुनावी कार्यक्रम नगर्न निर्देशन जारी गरे पनि उम्मेदवारहरूले पालना गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको ...
: निर्वाचन आयोगले आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र पेस गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गरेर फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई घोषणापत्र पेस गर्न आयोगले निर्देशन दिएको हो। आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ...
: नेपाली कम्युनिष्ट पार्टीले नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप आफ्नो प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, शासकीय स्वरुप र संघीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ। वर्तमान निर्वाचन प्रणालीअन्तर्गत एकै पार्टीले बहुमत प्राप्त गरी पाँच वर्षसम्म सरकार चलाउने सम्भावना न्युन रहेकोले नेपाली जनताका विभिन्न कालखण्डका संघर्ष, बलिदान तथा पछिल्लो नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप राजनीतिक स्थिरताका लागि संविधान ...
— काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ । कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न महानगरको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँइ र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा महानगरका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी ...
— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्यले लिएको लक्ष्य पूरा गराउन संगठनमा कार्यरत बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरु समेत एकजुट हुनु पर्ने बताएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की परिसरमा निर्माण भएको नेपाल पूर्व सशस्त्र प्रहरी संघ भवन उद्घाटन गर्दै महानिरीक्षक अर्यालले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ...