मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान् पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान् पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने

। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान् पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने बताएका छन् ।

भारतीय समाचार संस्था आजतकको स्पोर्ट्स टक च्यानलमा अन्तर्वाता दिने क्रममा चन्दले यसो बताएका हुन् । एक समर्थकले कमेन्टमा डेल स्टेनको ट्‍वीटबारे सोधेको प्रश्‍नको जवाफ दिँदै चन्दले उनीसँग सम्पर्क गर्नेबारे बोर्डले चाँडै छलफल गर्ने बताएका हुन् ।

‘हाम्रो पेस बलिङ केही कमजोर नै छ, त्यसकारण बोर्डले उक्त विषयमा निर्णय गर्ने दिन पनि आउनेछ’ चन्दले भने, ‘कमजोर पेस बलिङ सुधार गर्नका लागि कोही पेस बलर नै प्रशिक्षकको रूपमा त चाहिन्छ नै।’

यसअघि नेपाल र इंग्ल्यान्डबीचको खेलपछि दक्षिण अफ्रिकी बलर डेल स्टेनले ४ ट्वीट गर्दै नेपालले प्रस्ताव गरे आफू काम गर्न तयार रहेको बताएका थिए । यसबारे अहिले नेपाली क्रिकेट जगतमा चर्चा भइरहेको छ ।

खेलपछि नेपाली बलर नन्दन यादवलाई पनि यसबारेमा प्रश्‍न सोधिएको थियो । नन्दनले नेपाली क्रिकेटसँग जोडेर स्टेनले ट्वीट गर्नु विशेष कुरा भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम