मुख्य समाचार
निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने
निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभइ प्रतिज्ञापत्र ल्याउने बताएका छन्। सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएका हुन्।



‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउने छन्’, उनले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ। वैशाख महिनाभरि बनाइएका योजनाको मूल्यांकन जेठ १ गते गरिन्छ। एक-क महिनामा कामको मूल्यांकन हुन्छ र नागरिकलाई नै मूल्यांकनमा सहभागी गराइन्छ।’



सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताए। ‘यस्तो सरकार बनाउन सकिन्छ। समय पनि छ। तर, यसका लागि उत्साह, अनुभव, जोश, होस र सम्हाल्ने क्षमता चाहिन्छ,’ थापाले भने।



उनले थप भनेका छन्, ‘केवल उखान टुक्का र भत्काउने कुरा गरेर हुँदैन, सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ।’ सभापति थापाले कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने पनि बताए। त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उनको आग्रह छ।

‘हामी सपना बोकेर आएका छौं। देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौं, युवालाई भरोसा दिन चाहन्छौं र साथीहरूलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौं,’ थापाले भने, ‘त्यसका लागि जनताको साथ आवश्यक छ।’ उनले युवाहरूकै लागि आफू जोखिम मोलेर पार्टीको सभापति बनेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी ...
२३ र २४ भदौको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम केवल नीति परिवर्तनका लागि थिएनन् ।
। प्रहरी हवल्दारकै योजनामा काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट भएको घटना बाहिरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय कर्णबहादुर सुनारको योजनामा प्रहरी अपरेशन शैलीमा एक सुन व्यवसायीको ६० लाख रुपैयाँ लुटपाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६० लाख लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर ...
। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् । यसैगरी, आजको बैठकमा सङ्घीय ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना सुनाएका छन् । बुधबार भिडिओ वक्तव्य जारी गर्दै आफ्ना योजना सुनाएका हुन् । ‘नापी–मालपोतको कार्यालयमा जाँदैगर्दा होस् वा पासपोर्ट–लाइसेन्स लिन जाँदा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदा होस् । लामो लाइन बस्नुपरेको, पालो कहिले आउँछ भनेर कुरेको, टन्न कागजात लिएर जाँदा पनि ...