मुख्य समाचार
निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले माग
निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले माग

। फागुन २१ म हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै ६ दिनसम्म सार्वजनिक बिदा दिन बझाङको साइपाल गाउँपालिकाका युवाहरूले माग गरेका छन् ।

निर्वाचनमा मतदाताको सहभागिता बढाउन फागुन १८ देखि २३ सम्म सार्वजनिक बिदा दिन आवश्यक रहेको युवाहरूको माग छ । उनीहरूले इमेलमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र पनि पठाएका छन् ।

‘प्रतिनिधिसभाको निर्वाचन केवल एक प्रशासनिक कार्यमात्र नभई यो राष्ट्रको भाग्य र भविष्य कोर्ने, ऐतिहासिक तथा लोकतन्त्रको आत्मालाई सशक्त बनाउने महान् राष्ट्रिय पर्व हो’, ज्ञापनपत्रमा भनिएको छ, ‘यो दिन नागरिकको आवाज मतपत्रमार्फत बोल्ने दिन हो । त्यसैले निर्वाचनलाई सहज र व्यापक सहभागितामूलक बनाउनु राज्यको सर्वोच्च दायित्व हो ।’

ज्ञापनपत्रमा फागुन १८ मा पहाडी क्षेत्रमा होली र १९ गते तराई क्षेत्रमा होली परेकाले यी दुवै दिन देशैभर बिदा दिनुपर्ने माग छ । यस्तै, २० गते निर्वाचनको अघिल्लो दिन भएकाले बिदा दिनुपर्ने, २१ गते निर्वाचनको दिन सार्वजनिक बिदा हुने, २२ गते शुक्रबार भएका हुँदा आफ्नो गन्तव्यमा फर्कनका लागि समय दिइनुपर्ने माग गरिएको छ । २३ गते शनिबार पर्छ ।



अरू सबै सार्वजनिक बिदा नै परेको हुँदा फागुन २० र २२ लाई सरकारले निर्णय गरी बिदा दिनुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको साइपालका युवा साजन बोहरा बताउँछन् । यसरी ५ दिनसम्म बिदा दिइएमा कामको लागि घरबाहिर रहेकाहरूले मतदान गर्न पाउने बोहरा बताउँछन् ।

बोहराले नेपालको भौगोलिक बनावट, यातायातको अवस्था, रोजगारीको स्वरूप र देशभरका विविध पेशा/उद्योगलाई ध्यानमा राख्दै सरकारले यो निर्णय गर्न आवश्यक रहेको बताए ।

‘विदेशमा रहेका नेपाली नागरिकलाई तत्काल मतदानको वातावरण बनाउन नसकिएपनि देशभित्रै रहेकालाई त मतदान गर्ने वातावरण बनाइदिनुपर्‍यो’, बोहराले भने, ‘यसले देशव्यापी मतदाता सहभागिता उल्लेख्य रूपमा बढ्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी ...
२३ र २४ भदौको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम केवल नीति परिवर्तनका लागि थिएनन् ।
। प्रहरी हवल्दारकै योजनामा काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट भएको घटना बाहिरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय कर्णबहादुर सुनारको योजनामा प्रहरी अपरेशन शैलीमा एक सुन व्यवसायीको ६० लाख रुपैयाँ लुटपाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६० लाख लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर ...
। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् । यसैगरी, आजको बैठकमा सङ्घीय ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना सुनाएका छन् । बुधबार भिडिओ वक्तव्य जारी गर्दै आफ्ना योजना सुनाएका हुन् । ‘नापी–मालपोतको कार्यालयमा जाँदैगर्दा होस् वा पासपोर्ट–लाइसेन्स लिन जाँदा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदा होस् । लामो लाइन बस्नुपरेको, पालो कहिले आउँछ भनेर कुरेको, टन्न कागजात लिएर जाँदा पनि ...