: झापाको कमल गाउँपालिकामा सिँढीबाट लडेर युवकको मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका स्थायी घर भई हाल कमल गाउँपालिका–७ स्थित ठुलो बाह्रघरे पशुपति टोलमा मामाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशी पक्की एकतले घरको सिँढीबाट लडेर गम्भीर घाइते भएका थिए।
आज दिउँसो करिब ४:३० बजे लडेर घाइते भएका राजवंशीलाई उपचारका लागि उनका मामाले निम्स अस्पताल दमक लगिएको थियो। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा साँझ ५:४० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको कमान्ड सहितको टोली खटाइएको छ।