मुख्य समाचार
सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना
सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना

। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना सुनाएका छन् । बुधबार भिडिओ वक्तव्य जारी गर्दै आफ्ना योजना सुनाएका हुन् ।

‘नापी–मालपोतको कार्यालयमा जाँदैगर्दा होस् वा पासपोर्ट–लाइसेन्स लिन जाँदा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदा होस् । लामो लाइन बस्नुपरेको, पालो कहिले आउँछ भनेर कुरेको, टन्न कागजात लिएर जाँदा पनि अन्तिममा यो कागजात मिलेन भनेको । कहिलेकाही सेवा लिन टेबुलमुनिबाट अत्यन्त शुल्क तिर्नुपरेको,’ सभापति थापाले भने, ‘यस्तैयस्तै खालको अनुभव धेरैले बोकेका छौँ । यस्तो अवस्था हटाउन सकिन्छ । हामीसँग योजना छ ।’

यो देशमा केही पनि भएन भन्ने नभएको उनले बताए । आफैले स्वास्थ्य मन्त्रालयलमा काम गर्दाका केही फरक अनुभवले सुधारको संकेत दिएको पनि उनले दाबी गरे । ‘डिजिटलाइज सेवा हुँदा धेरै सहयोग हामीले महसुस पनि गरेका छौँ,’ उनले भनेका छन् ।

यस्तोमा आफ्नो अनुभवमा सरकारले ठिक तवरले काम गरे समस्या समाधान गर्न सकिने अफूले बुझेको उनले बताए । ‘केही गर्न सकिन्छ भनेर स्पष्ट योजनाका साथ म आएको छु,’ उनले भनेका छन्, ‘हामीहरू स्पष्ट छौँ–मिनिमम गभर्नमेन्ट बडी, म्याक्सिमम गभर्नेन्स ।’



यसमा नागरिकले सेवा लिन खोज्दा सकेसम्म राज्यको ढोकासम्म जानै नपर्ने अवस्था सिर्जना गर्ने योजना पनि सभापति थापाले सुनाए । उनले अगाडि भने, ‘राज्य–सरकार आफै नागरिकको घरमा सेवा दिन पुगोस् । यदि जानैपर्ने परे एकपटक गए पुगोस् ।’ गएका बेला हैरानी बेहोरेर आउने अवस्था नबनोस् भनेर योजना बनाएको उनले बताए ।

त्यसमा झन्डै एक दर्जन योजना पनि सुनाए । त्यसमा डिजिटल पूर्वाधारमा लगानी गर्ने, निजी क्षेत्रलाई खुला गर्ने र तीन तहकै सरकारले छुट्टाछुट्टै काम गर्ने नभई एकै लाइनमा काम गर्ने, एक नागरिक, एक परिचयपत्र’ व्यवस्था गर्नेलगायतका योजना समावेश छन् ।

‘यसमा हामीले विस्तृतमा तयारीका काम गरेका छौँ । हामी गर्नसक्छौँ,’ सभापति थापाले भने, ‘डिजिटल गभर्नेन्स आत्मसम्मानको बारेमा हो । डिजिटल शासन प्रविधि होइन, यो विश्वासका बारेमा हो ।’ यो सोचाइका साथ काम गर्दैगर्दा नागरिकले हैरानी नपाउने दाबी गर्दै उनले सरकारको दायित्व पूरा गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी ...
२३ र २४ भदौको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम केवल नीति परिवर्तनका लागि थिएनन् ।
। प्रहरी हवल्दारकै योजनामा काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट भएको घटना बाहिरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय कर्णबहादुर सुनारको योजनामा प्रहरी अपरेशन शैलीमा एक सुन व्यवसायीको ६० लाख रुपैयाँ लुटपाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६० लाख लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर ...
। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् । यसैगरी, आजको बैठकमा सङ्घीय ...
। जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ । संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चाले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार नेपाली मुलकी महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि जन्मिएका छोरा-छोरीलाई अंगीकृत नागरिकता प्रदान गर्ने नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएपछि गुल्मी जिल्लाबाट पहिलोपटक ...