मुख्य समाचार
नामिबियालाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले २ अंक
नामिबियालाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले २ अंक

। नेदरल्यान्ड्सले आईसीसी टी-२० विश्वकप २०२६ मा पहिलो जित हासिल गरेको छ ।

मंगलबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नामिबियालाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले २ अंक जोडेको हो । नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेदरल्यान्ड्सका लागि बास डे लिडेले ४८ बलमा ५ चौका र ४ छक्कासहित अविजित ७२ रन बनाए । कोलिन एकरम्यानले ३२ रन बनाए । माइकल लेभिटले २८ रन बनाए ।

नामिबियाका लागि बर्नार्ड स्कोल्ज, जेरार्ड एरासमस र जान निकोल लफ्टी इटनले १-१ विकेट लिए ।



त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । नामिबियाका लागि लफ्टी इटनले सर्वाधिक ४२ रन बनाए । जान फ्रायलिन्कले ३० तथा जेजे स्मिटले २२ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लोगान भान भिक र बास डे लिडेले २-२ विकेट लिँदा आर्यन दत्त र फ्रेड क्लासेनले १-१ विकेट लिए ।

नेदरल्यान्ड्स यसअघि पाकिस्तानसँगको खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहिद स्मारक लिगअन्तर्गतका २१ क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता हुनुपर्ने माग गरेका छन् । २१ क्लबहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै निलम्बनले हजारौं नेपाली फुटबल खेलाडी, प्रशिक्षक, निर्णायक तथा फुटबलमा आश्रित व्यक्तिहरू नराम्रोसँग प्रभावित भएको बताएका छन् । फिफाबाट निलम्बन भएको लामो समयसम्म पनि फुकुवातर्फ सम्बन्धित ...
। पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ । च्याम्पियनसिपमा नेपालको यो लगातार तेस्रो हार हो । इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई २५-१४, २५-१८, २५-१० ले पराजित गरेको हो । एफआईभिबी वरियतामा नेपाल भन्दा धेरै माथि रहेको पाकिस्तान विरुद्ध नेपालले कुनै पनि सेटमा ...
। योर्गेन क्लोप जर्मनी राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । प्रिमियर लिग क्लब लिभरपुल छाडेको दुई वर्षपछि उनले पुनः प्रशिक्षणमा फर्किँदै सन् २०३० को फिफा विश्वकपसम्मको सम्झौता गरेका हुन् । ५९ वर्षीय क्लोपले शुक्रबार औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दै आफू जर्मनीलाई थप बलियो टोली बनाउने लक्ष्यका साथ आएको बताए । तर उनले जर्मन सञ्चारमाध्यमलाई ...
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम