मुख्य समाचार
सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान
सरकारको आम्दानी लक्ष्यभन्दा झन्डै २ खर्ब कम हुने अनुमान

। कर राजस्व, गैरकर र विविध प्राप्तिबाट हुने सरकारको आम्दानीले लक्ष्य नभेट्ने प्रक्षेपण गरिएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार राजस्व संकलन र विविध प्राप्तिको संशोधित अनुमान १२ खर्ब ९८ अर्ब रुपैयाँमा झारिएको छ ।

यसअघि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर आम्दानीको लक्ष्य राखेको थियो । जसमा कर राजस्व १३ खर्ब २५ अर्ब उठ्ने अनुमान थियो । पुस मसान्तसम्म ५ खर्ब १६ अर्बमात्र कर राजस्व उठेको छ ।

बाँकी ६ महिनामा ६ खर्ब ५० अर्ब कर राजस्व उठ्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । गैरकर राजस्व १ खर्ब २७ अर्ब बराबर मात्र उठ्ने अनुमान अर्थको छ ।

आवको बाँकी अवधिमा निर्वाचन हुनेछ । यसले निर्वाचन लक्षित खर्च र आर्थिक क्रियाकलाप बढाउने र त्यसले राजस्व संकलन बढाउने अपेक्षा अर्थको छ ।

वैदेशिक व्यापारमा आएको सुधारले आयातबाट हुने राजस्व संकलन लक्ष्य अनुसार हुने समेत अर्थले बताएको छ । १५ जेठमा आगामी आवको बजेट आउने भएकाले बजेट लक्षित आर्थिक गतिविधिले समेत राजस्व बढाउने अर्थको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय मुक्ति पार्टी, नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । ‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ सो पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । सामुदायिक भूमि, स्रोत स्वामित्व लागू गरी आर्थिक विषमता घटाउने, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको गरेन्टी गर्ने, जातीय श्रेणीविहीन समाजको निर्माण गर्ने लगायतका विषय घोषणापत्रमा समोवेश ...
। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगकोम्याद थपिएकोमा प्रश्न उठाएका छन् । सरकारले म्याद थपको औचित्य पुष्टि गर्नुपर्ने उनको आग्रह छ । बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सुशीला कार्कीलाई भन्न चाहन्छु–तपाईंको नेतृत्वको सरकारको आयु ...
। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा प्रवेश गरेका हुन् । उनलाई एक समारोहबीच रास्वपाका उम्मेदवार मनिष झाले पार्टीमा स्वागत गरेका हुन् । उनी राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । उनीसहित राष्ट्रिय मुक्ति पार्टीका अन्य ...
। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ । महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ । पहिलो घेरामा नेपाल प्रहरी/निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल/निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा ...
। लगानी बोर्ड नेपालले स्वीस च्यालेन्ज र हाइब्रिड एन्युइटी मोडेलमा आधारित पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी परिचालन गर्ने कार्य अघि बढाउने भएको छ । लगानी बोर्डले ग्रिन ग्रोथ नेपालसँगको सहकार्यमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञवालीले लगानी बोर्डले आह्वान नगरिएका प्रस्ताव पनि अघि बढाउने तयारी गरेको र त्यसका लागि बोर्डले स्वीस च्यालेन्ज ...