मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग जानुभई निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल
गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग जानुभई निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल

। गृहमन्त्री ओमप्रकाश अर्याल निर्वाचन आयोग जानुभई निर्वाचन सुरक्षा, निर्वाचनको तयारीका लागि भइरहेको कामका बारेमा छलफल गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका बारेमा जानकारी लिन आयोग पुगेका गृहमन्त्री अर्यालले शान्तिसुरक्षा र मन्त्रालयले गरिरहेका कामका बारेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूसँग छलफल गरेका हुन् ।

सो अवसरमा गृहमन्त्री अर्यालले आयोगमा सञ्चालनमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको अवलोकन गरे ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन ३ गतेसम्म सञ्चालन भइरहेका निर्वाचनसँग सम्बन्धित कार्यक्रमहरु फागुन ४ गतेपछि सञ्चालन हुने निर्वाचन प्रचारप्रसारका कार्यक्रममा सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गरेका छन् । निर्वाचन परिचालन एवं प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए । शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे ...
। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य बालकिशोर यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । मंगलबार बोदेबरसाईनस्थित रास्वपाको पार्टी कार्यालय मा आयोजित कार्यक्रममा यादवसहितले पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई रास्वपा सप्तरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार सिताराम साह तथा जेनजी अगुवा तथा रास्वपाका केन्द्रीय सदस्य पुरूषोत्तम यादवले पार्टीमा स्वागत गरे । यादव २०७९ ...
। सिरहा कारागारमा भएको तनावपूर्ण अवस्था सामान्य बन्दै गएको छ । सुरक्षा समितिसँगको छलफलपछि करिव ३२ घन्टापछि अवस्था सामान्य बनेको हो । अहिले कैदीबन्दीहरू आफ्नो स्थानमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार बस्न र कारागार सञ्चालनमा सहयोग गर्न आग्रह गरेपछि अवस्था सामान्य बन्दै गएको हो । हातहतियार बरामद भएको विषयमा प्रहरीले ...