मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह गर्दै १२ बुँदामा जवाफ माग
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह गर्दै १२ बुँदामा जवाफ माग

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई गम्भीर बन्न आग्रह गर्दै १२ बुँदामा जवाफ माग गरेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगायतका पार्टी मिलेर बनेको नेकपाको प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै १२ बुँदामा विभिन्न आरोप लगाउँदै सरकारको जवाफ माग गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाह र सरकारको कार्य प्रभावकारितामाथि प्रश्न उठाउँदै संसदीय दलका नेता खगराज भट्टले कांग्रेस र एमालेको गठबन्धन सरकार असफल भएको बताउदै माग पूरा गर्नुपर्ने बताए । प्रदेश सरकारलाई एक हप्ताको समय दिदै नेकपाले माग सम्बोधन नभए मुख्यमन्त्रीको राजीनामा माग्दै सडक र सदन दुवै मोर्चाबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेता भट्टले सरकार भ्रष्टाचार, ढिलासुस्ती, भागबण्डा र बेथितिमा डुबेको आरोप लगाए । सरकार अस्थिरता, निष्क्रियता र दिशाहीनतामा फसेको भन्दै जनताले सरकारको उपस्थिति नै अनुभूति गर्न नपाएको बताए ।

‘सरकार विकास, सुशासन र जनउत्तरदायित्वमा पूर्ण असफल भएको छ । यस्तो नेतृत्वले प्रदेशलाई झन् पछाडि धकेलिरहेको छ,’भट्टले भने ।

नेकपाले प्रदेशमा भ्रष्टाचार र कमिसनतन्त्र खुलेआम मौलाएको, योजना बाँडफाँटदेखि नियुक्तिसम्म आसेपासेलाई फाइदा पुर्‍याउने प्रवृत्ति बढेको तथा प्रशासनिक सुधार र कानुन निर्माणमा सरकार पूर्णत: असफल भएको आरोप पनि लगाएको छ ।

प्रदेश राजधानी कार्यान्वयनमा असफलता, आवश्यक कानुन निर्माण नगर्नु, बजेट कार्यान्वयन कमजोर हुनु, मन्त्रालयहरूमा बेथिति, अस्पतालमा नियुक्ति ढिलाइ, ओएनएम सर्वेक्षण नगर्नु, नीति आयोगमा भागबण्डा, लगानी सम्मेलनको नाममा अपारदर्शी खर्च, सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल, अस्थायी कार्यालयमार्फत मनपरी खर्च, ऐनविनै गठन आदेश र समग्र सुशासन अभावजस्ता विषय उठाएको छ ।

त्यस्तै बैतडी बस दुर्घटनाको प्रभावकारी छानबिन नगरेको तथा विपद् व्यवस्थापनमा पनि सरकार असफल भएको भन्दै भट्टले सरकार ‘विज्ञप्तिमुखी’ मात्रै बनेको टिप्पणी गरेका छन् ।

नेकपाले एक साताभित्र लिखित र चित्तबुझ्दो जवाफ नदिए मुख्यमन्त्री र मन्त्रीहरूले नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने चेतावनी दिएको छ ।

यी हुन् नेकपाले सरकारको धारणा मागेका १२ बुँदा

१.प्रदेश राजधानी कार्यान्वयनमा पूर्ण असफलता

२.आवश्यक कानुन निर्माण गर्न असफल

३.बजेट कार्यान्वयनमा गम्भीर असफलता

४.मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयसम्म व्यापक बेथिति

५.अस्पतालहरूमा नियुक्ति ढिलाइ, सरकार भागबण्डामा केन्द्रित

६.संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न असफल

७.नीति आयोगमा चरम बेथिति, भागबण्डाका आधारमा राज्यकोष दुरुपयोग

८.आयोजना नै नभएको लगानी सम्मेलनको नाममा अपारदर्शी र मनपरी खर्च

९. सर्वोच्च अदालतका आदेश कार्यान्वयनमा आलटाल

१०. अस्थायी कार्यालय खोली मनमौजी खर्च, आसेपासेलाई लाभ

११ .ऐन नबनाई गठन आदेशलाई प्राथमिकता

१२ .समग्र रूपमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गरेका छन् । निर्वाचन परिचालन एवं प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए । शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे ...
। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य बालकिशोर यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । मंगलबार बोदेबरसाईनस्थित रास्वपाको पार्टी कार्यालय मा आयोजित कार्यक्रममा यादवसहितले पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई रास्वपा सप्तरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा उम्मेदवार सिताराम साह तथा जेनजी अगुवा तथा रास्वपाका केन्द्रीय सदस्य पुरूषोत्तम यादवले पार्टीमा स्वागत गरे । यादव २०७९ ...