मुख्य समाचार
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु

। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ ।

महत्त्वपूर्ण प्रतिष्ठानहरूका साथै विमानस्थल, कारागारहरूको सुरुक्षा समेत सेनाले गर्न सुरु गरेको छ । निर्वाचनको अवधिमा नेपाली सेना तेस्रो घेरामा खटिने बताइएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी/निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल/निर्वाचन प्रहरी र तेस्रो अर्थात् सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिने बताइएको छ ।

तर सुरक्षाको आवश्यकता अनुसार जुनसकुै घेरामा पनि सेना खटिनसक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा खटिने सक्ने बताइएको छ ।

नेपाली सेना निर्वाचन सुरुक्षाबारे आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलताको आधारमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा जुनसुकै घेरामा सेना खटिन सक्छ ।’

जसअनुसार सबैभन्दा सुरक्षा संवेदनशीलता तथा चुनौती देखिएका त्यस्ता ठाउँहरूमा नेपाली सेनालाई सुरुमै पहिलो घेरामा खटाउन सकिने पनि देखिन्छ ।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने पनि सेनाले बताएको छ ।

युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापा भन्छन्, ‘निर्वाचनको दौरानमा शान्ति सुरक्षा दिने क्रममा नेपाली सेनाका फौजहरू परिचालन हुनेछन् । हामीसँग भएका विभिन्न किसिमका साधानहरू, सामाग्रीहरू र हाम्रो क्षमता सदुपयोग गरेर यो निर्वाचनलाई नेपाली जनताको चाहान बमोजिम एकमद सफलतापूर्वक सम्पन्न गर्न हामी प्रभावकारी ढंगले परिचालन भएर आफ्नो काम सम्पन्न गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘टास्क फोर्स’ ले स्वास्थ्य परीक्षण गर्ने संस्था अनुगमन थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका स्वास्थ्य संस्थामा टास्क फोर्सले अनुगमन थालेको हो । स्वास्थ्य परीक्षण सम्बन्धी उजुरी आएका मेडिकलहरूमा टास्क फोर्सले अनुगमन थालेको मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म १६ वटा मेडिकलमा ...
। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको ...
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...