मुख्य समाचार
आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित
आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित

। आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको समूह ‘डी’ अन्तर्गतको खेलमा न्युजिल्यान्डले कीर्तिमानी साझेदारीका साथ यूएईलाई १० विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.२ ओभरमा बिना कुनै विकेटको क्षतिमा १७५ रन बनाउँदै पूरा गरेको हो । ओपनर टिम सेइफर्टले अविजित ८९ तथा फिन एलेनले अविजित ८४ रन बनाए ।
यी दुईबीच भएको १७५ रनको साझेदारी टी-२० विश्वकप इतिहासमा कुनैपनि विकेटका लागि भएको सबैभन्दा उच्च साझेदारी हो । यसअघि सन् २०२२ को सेमिफाइनलमा भारतविरुद्ध इंग्ल्यान्डका एलेक्स हेल्स र जस बट्लरले १७० रनको साझेदारीका साथ खेल १० विकेटले नै जितेका थिए ।

यो समग्र टी-२० विश्वकप इतिहासमै सातौंपटक १० विकेटको जितको नतिजा हो भने दुईपटक १० विकेटको जित निकाल्ने टिम इंग्ल्यान्ड मात्र हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । कप्तान मुहम्मद वासीमले अविजित ६६ रन बनाए भने अलिशान सराफुले ५५ रन बनाए ।

न्युजिल्यान्डका म्याट हेनरीले २ विकेट लिँदा ज्याकब डफी, लकी फर्गुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

न्युजिल्यान्डले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । यूएईले भने आज पहिलो खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम