मुख्य समाचार
ग्यासको कृत्रिम अभाव र उपभोक्ताको बढ्दो लाइन सम्बोधन गर्न नेपाल आयल निगमले सरोकारवालाहरूसँग छुट्टाछुट्टै छलफल
ग्यासको कृत्रिम अभाव र उपभोक्ताको बढ्दो लाइन सम्बोधन गर्न नेपाल आयल निगमले सरोकारवालाहरूसँग छुट्टाछुट्टै छलफल

। स्थानीय बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र उपभोक्ताको बढ्दो लाइन सम्बोधन गर्न नेपाल आयल निगमले सरोकारवालाहरूसँग छुट्टाछुट्टै छलफल गरेको छ।

निगमले मंगलबार ग्यास उद्योगी र विक्रेताहरूसँग छुट्टाछुट्टै चरणमा छलफल गर्दै आपूर्ति प्रणाली समीक्षा गरेको हो ।

छलफलमा निगमका एलपीजी विभाग प्रमुख विनीतमणि उपाध्यायले बजारमा ग्यास अभाव नभई ‘प्यानिक बाइङ’ (त्रासका कारण गरिएको अनावश्यक खरिद) ले समस्या निम्त्याएको बताएका छन् ।

मंगलबार बिहान ग्यास उद्योगीहरूसँग भएको छलफलमा यसअघि १९ माघमा भएको सहमति कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको थियो ।



उक्त समय ग्यास उद्योगीहरूले इन्डियन आयल कर्पोरेसन (आईओसी) का रिफाइनरीहरूमा बढीभन्दा बढी बुलेटहरू पठाउने (प्लेस गर्ने), निगमले ग्यास ल्याउन आवश्यक सबै किसिमका सहजीकरण गर्ने र फेब्रुअरी महिना २८ दिनको मात्र हुने भएकाले आपूर्तिमा कमी नहोस् भनेर साविकको कोटामा २ हजार टन थप गरेर ग्यास एलोकेसन (बाँडफाँट) गर्ने सहमति भएको थियो ।

सामान्यतया दैनिक ९० बुलेट ग्यास आयात हुने गरेकोमा पछिल्लो एक सातादेखि दैनिक १ सय बुलेटभन्दा बढी ग्यास भित्रिरहेको तथ्यांक उद्योगीहरूले पेस गरेका छन् ।

आगामी दिनमा बुलेट संख्या थपेर ग्यास आयात थप बढाउने प्रतिबद्धता उद्योगीहरूले व्यक्त गरेको विभाग प्रमुख उपाध्यायले जानकारी दिए ।



उनका अनुसार फेब्रुअरी महिनाका लागि सामान्य अवस्थाको तुलनामा २ हजार टन बढी ग्यासको कोटा निर्धारण गरिएको छ । महिना छोटो भएकाले तोकिएको सबै ग्यास नउठ्ला कि भन्ने संशय रहे पनि उद्योगीहरूले बुलेट संख्या बढाएरै भए पनि सबै ग्यास ल्याउने विश्वास दिलाएका छन् ।

हाल आयल निगमको सहजीकरणमा आईओसीका बरौनी, दुर्गापुर, मथुरा, पारादीप र हल्दिया रिफाइनरीबाट ग्यास आयात भइरहेको छ ।

उद्योगीहरूले ती सबै रिफाइनरी पुगेर ग्यास लोडिङको अवस्थाबारे स्थलगत निरीक्षण समेत गर्ने भएका छन् । आईओसीको टर्मिनलमा लोडिङ प्रक्रिया तीव्र बनाउने र ढुवानी क्रममा बाटोमा हुने अवरोध हटाएर समयमै ग्यास भित्र्याउने विषयमा सबै पक्ष सकारात्मक देखिएका छन् ।

उनले पछिल्लो एक साताको तथ्यांक हेर्दा आपूर्ति सन्तोषजनक रहेको बताए । ‘आज मात्रै करिब १ सय २० बुलेट ग्यास अनलोड हुँदैछ, दैनिक औसतमा १ सय बुलेटभन्दा बढी ग्यास आइरहेको छ,’ उनले भने, ‘केही उद्योगहरूको आयातमा केही प्रतिशत कमी देखिएको छ, उनीहरूलाई हामीले तत्कालै सुधार गर्न र सक्रिय हुन भनेका छौं ।’



ग्यास विक्रेताहरूसँगको छलफलमा भने विक्रेताहरूले सञ्चारमाध्यममा आएका समाचारका कारण उपभोक्ताहरू त्रसित भई अनावश्यक सञ्चयमा लागेको बताएको एलपीजी विभाग प्रमुख उपाध्यायले बताए ।

‘विक्रेताहरूका अनुसार ग्यास पसलमा झारेको एक–डेढ घण्टाभित्रै सबै सकिने गरेको छ, आफ्ना नियमित ग्राहकमात्र नभई बाहिरका मानिसहरू पनि फोन गरेर ग्यास माग्न थालेका छन्,’ उनले भने, ‘यो अनावश्यक भण्डारणको नतिजा हो ।’

निगमले अनावश्यक रूपमा घरमा सिलिन्डर थुपार्दा बजारमा कृत्रिम अभावजस्तो देखिएको निष्कर्ष निकालेको छ ।

काठमाडौं उपत्यकामा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको नेपाल ग्यासको अभावबारे पनि छलफल भएको थियो ।

‘नेपाल ग्यासको सिलिन्डर नपाएको गुनासो आएपछि हामीले सहजीकरणका लागि निगमको फेसबुक पेजमा सम्पर्क व्यक्तिहरूको नम्बर राखेका छौं,’ उनले भने, ‘बालाजुस्थित फ्याक्ट्रीबाटै दैनिक ५ सयदेखि ६ सय सिलिन्डर सिधै बिक्री भइरहेको छ, उपभोक्ताले डिलरबाट नपाए त्यहाँबाट पनि लिन सक्ने व्यवस्था मिलाइएको छ ।’

निगमले बजार अनुगमन तीव्र बनाइएको र ग्यास आयातमा कुनै अवरोध नरहेकाले ढुक्क हुन सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम