मुख्य समाचार
क्यानाडाको ब्रिटिश कोलम्बियास्थित टुम्बलर रिज सेकेन्डरी स्कूल र एक घरमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु
क्यानाडाको ब्रिटिश कोलम्बियास्थित टुम्बलर रिज सेकेन्डरी स्कूल र एक घरमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु

।क्यानाडाको ब्रिटिश कोलम्बियास्थित टुम्बलर रिज सेकेन्डरी स्कूल र एक घरमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ ।

विद्यालयभित्र ६ जना र अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको थियो। अन्य दुई जनाको शव नजिकैको एक घरबाट बरामद गरिएको छ । आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेको आशंका गरिएको छ ।

दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ । अन्य करिब २५ जना घाइतेहरूको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।

बाँकी विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

प्रहरीले आक्रमणको उद्देश्य र आक्रमणकारीको परिचय खुलाएको छैन । क्यानेडियन सञ्चारमाध्यमका अनुसार, आक्रमणकारी महिला हुन सक्छिन् ।

ब्रिटिश कोलम्बियाका प्रिमियर डेभिड इबीले यस घटनालाई ‘अकल्पनीय त्रासदी’ भन्दै दुःख व्यक्त गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले घटना लगत्तै म्युनिख भ्रमण स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ । आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो । इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। ...
इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् । संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्। उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए। उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व ...
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो । आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए । ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। ...