मुख्य समाचार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘क्रेमलिन’ मा आयोजित एक विशेष समारोहबीच ‘युवा वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘क्रेमलिन’ मा आयोजित एक विशेष समारोहबीच ‘युवा वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान

। रुसी विज्ञान दिवस (फेब्रुअरी ८) को पूर्वसन्ध्यामा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘क्रेमलिन’ मा आयोजित एक विशेष समारोहबीच ‘युवा वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान गरेका छन् ।

सन् २००८ मा स्थापना भएको यो पुरस्कार ३५ वर्षमुनिका ती युवा वैज्ञानिकहरूलाई दिइन्छ, जसले देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र रक्षा क्षमतामा उल्लेख्य योगदान पुर्‍याएका छन् ।

अलेक्जेन्डर निकिन र पाभेल मोसेयेभले रुसको पहिलो सुरक्षित आणविक ब्याट्री बनाएका छन्। यी ब्याट्रीहरू अन्तरिक्ष र पानीमुनि चार्ज नगरी लामो समयसम्म चल्न सक्छन् ।

रसायनशास्त्री दिमित्री बुटिल्स्कीले पानीबाट लिथियम निकाल्ने नयाँ प्रविधि विकास गरेका छन्, जुन स्मार्टफोन र इलेक्ट्रिक गाडीका ब्याट्री बनाउन अत्यन्त महत्त्वपूर्ण छ ।


आर्ट्योम इसायेभले कडा ब्याक्टेरियासँग लड्न सक्ने भाइरसहरूको अध्ययन गरी चिकित्सा क्षेत्रमा नयाँ आशा जगाएका छन् ।

भिक्टोरिया वेद्युश्किनाको टोलीले लेजर, एआई र क्वान्टम प्रविधिको विकासमा सहयोग पुग्ने जटिल गणितीय विधिहरू तयार पारेको छ ।

पुरस्कार वितरण गर्दै राष्ट्रपति पुटिनले यी आविष्कारहरूले रूसलाई भविष्यका प्रविधिहरूमा अरूको भर पर्नुको साटो आफैँ नेतृत्व गर्ने क्षमता प्रदान गर्ने विश्वास व्यक्त गरे। प्रत्येक विजेतालाई ५० लाख रुबल राशिको पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सले साइबर आक्रमणका लागि इरानलाई कडा कारबाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले इरानी सेनाको एक साइबर युनिटले गत अक्टोबरमा देशका ७०० सुपरमार्केटलाई निसाना बनाएको आरोप लगाएका छन्। ह्याकरहरूले पसलका फ्रिज र फ्रिजरको प्रणाली ह्याक गरेर तिनको तापक्रम बढाइदिएका थिए। यसले गर्दा खानेकुरा बिग्रिएको थियो र पसलेहरूले ठूलो मात्रामा सामान ...
अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । अमेरिकी एक अधिकारीले अलजजिरालाई दिएको जानकारीअनुसार उक्त युद्धपोत हाल मध्यपूर्व क्षेत्रमा रहेको यूएसएस जर्ज वासिङ्टनको स्थान लिन त्यहाँ पठाउन लागिएको हो । यसैबीच, अमेरिकाको १३औँ मरिन एक्सपिडिसनरी युनिट र यसको माकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप पनि यसै महिनाको अन्त्यतिर मध्यपूर्व ...
: पश्चिमी टर्कीको बन्दरगाह सहर इज्मिर नजिकै रहेको एउटा स्टिल कारखानामा विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार ज्यान गुमाउने र घाइते हुने सबै जना देशको प्रमुख स्टिल उत्पादकहरूमध्ये एक 'हाबास डेमिर चेलिक' प्लान्टका श्रमिकहरू हुन्। स्थानीय गभर्नरका अनुसार एउटा विस्थापन बोइलर बोकेको क्रेन खसेर तल रहेको ...
: अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो मतान्तरले पछाडि पारेपछि मतगणना र सम्भावित पुनः मतगणनालाई लिएर विवाद बढेको बिबिसिले जनाएको छ । सोमबारसम्म ९७ प्रतिशत मतगणना सम्पन्न हुँदा कोलोम हाइड–स्मिथभन्दा करिब २ हजार ५०० मतले अगाडि छन् । ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन ३ ट्रिलियन डलर बराबरको बजार मूल्य गुमेको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत निर्वाचनको नतिजाले अमेरिका इतिहासमै धेरै कदम पछाडि धकेलिएको टिप्पणी गरेका हुन् । आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले निर्वाचनपछि ठूलो क्षति बेहोर्नुपरेको उनको दाबी ...