मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि बाटो खुलेको छ
अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि बाटो खुलेको छ

। अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचन प्रक्रिया अगाडि बढाउनका लागि बाटो खुलेको छ ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र न्यायाधीश अच्युत कुइकेलको संयुक्त इजलासले एन्फा निर्वाचन सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै यसअघि पुस २८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गर्दै निर्वाचनको बाटो खुला गरेको हो ।




यसअघि पाटन अदालतले जारी गरेको दुई अल्पाकालिन अन्तरिम आदेशलाई खारेज गर्दै नयाँ निर्णय गरेपछि एन्फाको निर्वाचनको बाटो खुला गरेको हो ।

पुस १६ गतेको एन्फा कार्यसमिति बैठकले माघ २८ गते (आजकै दिन) झापामा एन्फाको चुनावी साधारण सभा गर्ने निर्णय गरेको थियो । तर अदालती झमेलामा फसेपछि तोकिएको समयमा भने निर्वाचन नहुने यसअघि नै पक्का भइसकेको थियो ।



यसअघि पाटन उच्च अदालतले अन्तरिम अल्पकालीन आदेश जारी गर्दै एन्फालाई माघ ६ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो । त्यसपछि एन्फा आफैं भ्याकेट निवेदन लिएर अदालत गरेपनि अदालतले निवेदन दर्ता गरेको थिएन ।

अदालतको अल्पकालीन आदेशपछि एन्फा निर्वाचन समितिले अर्को सूचना नआएसम्मका लागि एन्फाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको थियो ।

प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागु भइसकेको अवस्थामा एन्फा निर्वाचनको विषयमा निर्वाचन आयोगमा उजुरी समेत परेको थियो ।

निर्वाचनका लागि बाटो खुलेपछि अब एन्फा निर्वाचन समितिले एन्फा निर्वाचनको प्रक्रियाको नयाँ कार्यतालिका सार्वजनिक गरेर काम अघि बढाउने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

यद्यपी यस विषयमा तहगत निर्वाचन गर्नुपर्ने हो वा होईन भन्ने अन्तिम आदेशको भने आईसकेको छैन ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय भएको अवस्थामा एन्फाको निर्वाचन तत्काल हुने सम्भावना भने कम छ । अब प्रतिनिधि सभाको निर्वाचनपछि नै एन्फा कार्यसमितिका लागि पनि निर्वाचन हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...