मुख्य समाचार
तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि गठन भएको अन्तरिम सरकारले बंगलादेशमा आज झण्डै १८ महिनापछि निर्वाचन
तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि गठन भएको अन्तरिम सरकारले बंगलादेशमा आज झण्डै १८ महिनापछि निर्वाचन

: तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि गठन भएको अन्तरिम सरकारले बंगलादेशमा आज झण्डै १८ महिनापछि निर्वाचन गराएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार देशभर मतदान सुरु भइसकेको छ र यो स्थानीय समयअनुसार अपराह्न ४:३० बजेसम्म जारी रहनेछ।


जारी मतदानमा नयाँ सरकार चयन गर्न बंगलादेशका १२ करोडभन्दा बढी जनताले मतदान गर्दैछन् । याे सन् २०२४ अगस्टको आन्दोलन पछिको पहिलो चुनाव हो, जुन युवा नेतृत्वको आन्दोलन थियो जसले पूर्व प्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएको थियो। हसिनाले देश छोडेदेखि नै नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बंगलादेशलाई चलाउँदै आएको छ।

विरोध प्रदर्शनका क्रममा कम्तिमा १,४०० प्रदर्शनकारीहरू मारिए। शेख हसिनामाथि प्रदर्शनकारीहरू विरुद्ध कारबाहीको प्रत्यक्ष आदेश दिएको आरोप लगाइएको छ, जुन आरोपलाई उनले अस्वीकार गरेकी छिन्। गत वर्ष नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवता विरुद्धको अपराधको आरोपमा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।



उनको पार्टी अवामी लिगलाई यस चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ। यो चुनाव अब बंगलादेश राष्ट्रवादी पार्टी र विद्यार्थी आन्दोलनबाट उदय भएको पार्टीसँग गठबन्धन बनाएको इस्लामवादी जमात-ए-इस्लामी बीचको प्रतिस्पर्धा हो। जनताले नयाँ सरकारको पक्षमा मतदान गरिरहेका छन् र संविधान संशोधनका लागि जनमत संग्रहमा पनि भाग लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फ्रान्सले साइबर आक्रमणका लागि इरानलाई कडा कारबाही गर्ने र प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फ्रान्सका विदेशमन्त्री जिन-नोएल ब्यारोले इरानी सेनाको एक साइबर युनिटले गत अक्टोबरमा देशका ७०० सुपरमार्केटलाई निसाना बनाएको आरोप लगाएका छन्। ह्याकरहरूले पसलका फ्रिज र फ्रिजरको प्रणाली ह्याक गरेर तिनको तापक्रम बढाइदिएका थिए। यसले गर्दा खानेकुरा बिग्रिएको थियो र पसलेहरूले ठूलो मात्रामा सामान ...
अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । अमेरिकी एक अधिकारीले अलजजिरालाई दिएको जानकारीअनुसार उक्त युद्धपोत हाल मध्यपूर्व क्षेत्रमा रहेको यूएसएस जर्ज वासिङ्टनको स्थान लिन त्यहाँ पठाउन लागिएको हो । यसैबीच, अमेरिकाको १३औँ मरिन एक्सपिडिसनरी युनिट र यसको माकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप पनि यसै महिनाको अन्त्यतिर मध्यपूर्व ...
: पश्चिमी टर्कीको बन्दरगाह सहर इज्मिर नजिकै रहेको एउटा स्टिल कारखानामा विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार ज्यान गुमाउने र घाइते हुने सबै जना देशको प्रमुख स्टिल उत्पादकहरूमध्ये एक 'हाबास डेमिर चेलिक' प्लान्टका श्रमिकहरू हुन्। स्थानीय गभर्नरका अनुसार एउटा विस्थापन बोइलर बोकेको क्रेन खसेर तल रहेको ...
: अमेरिकाको मिसिसिपी राज्यमा सिनेट निर्वाचनको नतिजालाई लिएर विवाद चर्किएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमले रिपब्लिकन उम्मेदवार तथा वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथलाई झिनो मतान्तरले पछाडि पारेपछि मतगणना र सम्भावित पुनः मतगणनालाई लिएर विवाद बढेको बिबिसिले जनाएको छ । सोमबारसम्म ९७ प्रतिशत मतगणना सम्पन्न हुँदा कोलोम हाइड–स्मिथभन्दा करिब २ हजार ५०० मतले अगाडि छन् । ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन ३ ट्रिलियन डलर बराबरको बजार मूल्य गुमेको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत निर्वाचनको नतिजाले अमेरिका इतिहासमै धेरै कदम पछाडि धकेलिएको टिप्पणी गरेका हुन् । आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले निर्वाचनपछि ठूलो क्षति बेहोर्नुपरेको उनको दाबी ...