: डोटीमा बन्दुकको छर्रा लागि एक जनाको मृत्यु भएको छ । बोगटान फुड्सिल गाउँपालिका-१ लफडा गाउँमा ३० वर्षीय कलम धामीको मृत्युको बन्दुकले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पोखरीका दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गरिरहेको अवस्थामा बुधबार बेलुकी करिब ६:४० बजेको समयमा कोठामा राखिएको भरुवा बन्दुक पट्डकिएर बाँया कन्चटमा छर्रा लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।