मुख्य समाचार
सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी
सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी

: सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले सवारी साधानहरूमा अंग्रेजी लिपिको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिले सबै सवारीसाधनमा अंग्रेजी भाषा र रोमन लिपिमा तयार पारिएका विद्युतीय संकेत संख्या (इम्बोस्ड नम्बर प्लेट) अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि यातायात व्यवस्था विभागले गत भदौ ३ गते अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउन सूचना जारी गरेको थियो।

विभागको उक्त निर्णय संविधानको मर्म र कानुनी व्यवस्थाविपरीत भएको र सो निर्णय तत्काल खारेज हुनुपर्ने माग गर्दै अधिवक्ता रामबहादुर रावलले सर्वोच्चमा रिट दायर गरेका थिए। भाषा आयोगले पनि सरकारको उक्त निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको थियो।



सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ,' सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत भौतिकमन्त्रीज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय र यातायात व्यवस्था विभागको सूचना कार्यान्वयन नगर्नू,नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ।'

यसअघि २०७६ मंसिर २७ गते सर्वोच्च अदालतले इम्बोस्ड नम्बरमा अक्षर र अंक दुवै नेपाली भाषा (देवनागरी लिपि) मा हुनुपर्ने फैसला गरेको थियो। सो फैसलापछि मिति २०८० वैशाख १४ गते संशोधन गरी इम्बोस्ड नम्बर प्लेटमा रहने रक्षर र अंक नेपाल सरकारले निर्णय गरेबमोजिम देवनागरी लिपि वा अंग्रेजी लिपि वा दुवै लिपिको मिश्रितमा हुनुपर्ने भन्ने व्यवस्था राखी नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो।

संवैधानिक इजलासबाट फैसला भएपछि कानुनी व्यवस्था पनि संशोधन भइ परिस्थितिमा परिवर्तन भएको देखियो,'अन्तरिम आदेशमा भनिएको छ,'यसरी संशोधित कानुनी व्यवस्थाअनुसार इम्बोस्ड सवारी नम्बर प्लेटमा रहने अक्षर र अंकमा देवनागरी लिपिलाई पहिलो प्राथमिकतामा राखेको र भाषा आयोगले समेत देवनागरी लिपिमा विद्युतीय संकेत संख्या राख्न निर्णय गरी सरकारको ध्यानाकरषण गराएको प्रारम्भिक रुपमा देखिएको अवस्थामा सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नेसम्बन्धी सूचना अनुसार अंग्रेजी भाषामा इम्बोस्ड बनाउने कार्य कार्यान्वयन नगर्नू /नगराउनू।'

नेपालको संविधानको धारा ३२ ले भाषा तथा संस्कृतिकको मौलिक हकको सुनिश्चितता गरेको छ। यस्तै धारा ७ गते उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपाल सरकारको कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था छ। सोही धाराको उपधारा (३) मा भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा सरकारले निर्णय गरेबमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ।

यही संवैधानिक र कानुनी व्यवस्थाको आलोकमा कार्यान्वयन नगर्नू/ नगराउनू भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी गरेका छन् । पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टीले आजको आवश्यकता अनुसारकै घोषणापत्र समेत ल्याएको दावी गरे । युवाहरूमा पहिला अलिअलि कन्फ्युजन जस्तो भएको, तीन वटा पार्टी, तीन वटा नेता भनेर निकै नै प्रचार ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दावी गरेकाे छ । आज काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् । कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नु हुन्छ ? भनेर सोधेका थिए ...
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नगरेको बताएका छन्। पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन। ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। जिल्ला अदालत काठमाडौंले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद ...
: बर्दिया मार्ग हुँदै अनधिकृत रूपमा भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकाको नेपाल प्रहरीले उद्धार गरेको छ। दाङको घोराहीबाट एक जना दाङका र दुई जना रोल्पाका बालबालिकालाई भारतीय नागरिकहरूले बर्दियाको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट प्रहरीले उद्धार गरेको हो। उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, ...