मुख्य समाचार
भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी
भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी गरेका छन् ।

पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टीले आजको आवश्यकता अनुसारकै घोषणापत्र समेत ल्याएको दावी गरे ।


युवाहरूमा पहिला अलिअलि कन्फ्युजन जस्तो भएको, तीन वटा पार्टी, तीन वटा नेता भनेर निकै नै प्रचार गरिएको बताउँदै उनले भने, ‘हामी सबभन्दा नयाँ पार्टी हौँ, सबभन्दा भिजन भएको पार्टी हौं । अहिले हाम्रो पार्टीको नेतृत्वमा जसरी नेताहरूको विशाल जमात केन्द्रित भएको छ ।’

उनले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले भ्रष्टाचारविरुद्ध लडाइँ लड्ने र भ्रष्टाचारीको संरक्षण गर्ने पनि उस्तै उस्तै हुन् भन्दै प्रचार गरेको भन्दै आपत्ति पनि जनाए।

उनले भने, ‘सत्ता पक्षमा हुने पनि उस्तै, प्रतिपक्षमा हुने पनि उस्तै भनेर जो भ्रम युवाहरूलाई दिने कसरत भएको थियो । यहाँसम्म आउँदा जेनजी आन्दोलनका पवित्र भावना भएका युवाहरूले अहिले बुझिसकेका छन् । हाम्रो अभिभावक पार्टी, हाम्रो विचार र मुद्दासँग मिल्ने पार्टी, हाम्रो निम्ति लडिराख्ने पार्टी नेकपा नै हो भन्ने विश्वास भइसकेको छ । उनले हजारौंको संख्यामा युवाहरू नेकपामा प्रवेश गरिरहेको जिकिर समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दावी गरेकाे छ । आज काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् । कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नु हुन्छ ? भनेर सोधेका थिए ...
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नगरेको बताएका छन्। पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन। ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। जिल्ला अदालत काठमाडौंले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद ...
: बर्दिया मार्ग हुँदै अनधिकृत रूपमा भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकाको नेपाल प्रहरीले उद्धार गरेको छ। दाङको घोराहीबाट एक जना दाङका र दुई जना रोल्पाका बालबालिकालाई भारतीय नागरिकहरूले बर्दियाको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट प्रहरीले उद्धार गरेको हो। उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, ...
: सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गते साधारण तारेख तोकेको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले आजका लागि साधारण तारेख तोकेको थियो। साधारण तारेख तोकिएकाले आज पेशी चढ्ने अनुमान गरिएको थियो। तर,सर्वोच्चको मुद्दा शाखाले पेशी नचढाई पुनः फागुन ८ गतेलाई साधारण तारेख तोकेको हो। सर्वोच्चले पेशी नचढाएर पुन: साधारण तारेख तोकेपछि रिट ...