मुख्य समाचार
जापानी प्रधानमन्त्री ताकाइचीको राजनीतिक यात्रा
जापानी प्रधानमन्त्री ताकाइचीको राजनीतिक यात्रा

— ७ मार्च १९६१ मा नारा क्षेत्रको यामाटोकोरियामा शहरमा एक मध्यमवर्गीय परिवारमा ताकाइचीको जन्म भएको थियो ।

उनका बाबु दाईक्यु ताकाइची टोयटा ब्रान्डसँग आबद्ध एक अटोमोबाइल कम्पनीमा काम गर्थें । आमा काचुको ताकाइची नारा क्षेत्रको प्रहरी दस्तामा थिइन् । उनले नारा क्षेत्रीय यनिवी हाईस्कुलबाट उच्च शिक्षा हासिल गरेकी हु्न् । त्यसपछि उनले कोवे विश्वविद्यालयमा पढ्न थालिन् ।

विश्वविद्यालयमा पढ्दा उनी हेभी मेटल ब्यान्डकी सदस्य थिइन् । विजनेश एड्मिनिस्ट्रेशनमा स्नातक गरेपछि उनले मात्सुस्हिता इन्स्टिच्युट अफ गभर्मेन्ट एन्ड म्यानेजमेन्टमा भर्ना भइन् । त्यहाँबाट छात्रवृत्ति पाएर सन् १९८७ मा अमेरिका गइन् ।

जहाँ उनले डेमोक्रेटिक पार्टीकी कंग्रेसवुमन प्याट सोर्डोरको सहयोगीका रुपमा काम गरिन् । १९८९ मा जापान फर्किएर उनले संसदीय विश्लेषकका रुपमा काम गरिन् । १९८९ मा उनी टिभी आसीकी प्रस्तोता थिइन् । त्यसपछि फुजी टेलिभिजनमा बिहानीको जानकारीमुलक कार्यक्रम ‘असा दो नारु’ सञ्चालन गरिन् ।

१९९२ मा उनले पहिलोपटक जापानको माथिल्लो सदनमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । तर चुनाव हारिन् । अर्को वर्ष तल्लो सदनमा चुनाव जितिन् । उनले सन् २००६ मा सिन्जो अबेको क्याबिनेटमा विज्ञान तथा प्रविधि नीति मन्त्रालय, युवा तथा लैगिंक समानता मन्त्रालयलगायत विभिन्न मन्त्रालय सम्हालिन् । सन् २०१२ मा एलडिपीको विजयपछि उनी पार्टीको नीति अनुसन्धान परिषद्की प्रमुख थिइन् ।

उग्रदक्षिणपन्थी लाइनकी ताकाइचीले जापानको साम्राज्यकालीन विरासतको वकालत गर्छिन् । उनले जापानको सैन्य शक्ति बलियो बनाउनुपर्ने बताउँदै आएकी छिन् ।

सेप्टेम्बर २०२५ मा पार्टीभित्रको अन्तरकलह तथा जनविरोधपछि प्रधानमन्त्री सिगेरु इसिबाले राजीनामा गरे । यसपछि, ४ अक्टुबरमा साने ताकाइची लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को संसदीय दलको अध्यक्ष बनिन् । यसले उनलाई जापानको इतिहासकै पहिलो महिला प्रधानमन्त्री बन्ने बाटो खोल्यो ।

२१ अक्टुबरमा प्रधानमन्त्री बनेलगत्तै ताकाइचीले मध्यावधि चुनाव घोषणा गरिन् । जबकी, संसद्मा उनको पार्टीसँग बहुमत कायमै थियो । उनले बहुमत नआए प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा समेत गरेकी थिइन् ।

ताकाइचीको यो जोखिम सफल भएको छ । उनको पार्टी आइतबार सम्पन्न निर्वाचनमा दुई तिहाई सिटसहित विजयी भयो । जापानको तल्लो सदनमा दोस्रो विश्वयुद्धपछि कुनै पनि पार्टीले दुई तिहाई ल्याएको यो पहिलोपटक हो ।

ताकाइचीको विजयले संविधान संशोधनको बहसलाई राजनीतिको केन्द्रमा ल्याएको छ । दोस्रो विश्वयुद्धपछिको जापानको संविधानको धारा ९ मा उल्लेख गरिएको ‘शान्तिप्रतिको प्रतिबद्धता’ ले विश्वमा उसको विशिष्ट छवि छ ।

तर, ताकाइचीले यसमा सुधार गरेर जापानलाई बलियो सेनाको देश बनाउने लक्ष्य राखेकी छिन् । जापानले प्रमुख राष्ट्रिय सुरक्षा दस्तावेजहरु नवीकरण गर्ने, हतियार निर्यात प्रतिबन्ध अन्त्य गर्ने र रक्षा खर्च वृद्धि गर्ने प्रतिवद्धता उनको छ ।

ताकाइचीले सर्वसाधारणमाथि आर्थिक दबाब घटाउन कर कटौती गर्ने बताएकी छिन् । घरभाडा र दैनिक सामाग्रीको चर्को मूल्य तिरिरहेका जापानीहरुलाई यसबाट राहत मिल्नेछ । उनले अतिरिक्त खर्च जुटाएर जापानी अर्थतन्त्रलाई बढावा दिने वाचा गरेकी छिन् ।

मध्य फेब्रअरीमा संसद् बैठक सुरु हुनासाथ उनले बजेट विधेयकका लागि काम गर्नुपर्ने छ । न्युन आय र बढ्दो मूल्यवृद्धिले दैनिक जीवनमा निम्त्याएका समस्या समाधान गर्नेगरी बजेट ल्याउनु उनको सरकारको प्रमुख चुनौती हो ।

जापानमा अस्थिर राजनीति चलिरहेका बेला ४ अक्टुबर २०२५ मा एलडिपीको अध्यक्ष चुनिएकी ताकाइची २१ अक्टुबरमा संसद्मा बहुमत जुटाएर पहिलो महिला प्रधानमन्त्री बनिन् । लगत्तै संसद्को पूर्ण कार्यकाल नसकिदैं नयाँ निर्वाचन घोषणा गरिन् ।

ताकाइचीले अमेरिकासँगको जापानको सुरक्षा सम्बन्धलाई थप प्रगाढ बनाउन चाहेकी छिन् । अमेरिका, अस्ट्रेलिया र बेलायतसँग मिलेर गोप्य सुचनाहरु संकलन तथा साझेदारी गर्ने उनको लक्ष्य छ ।

यसका लागि उनी जापानमा राष्ट्रिय गुप्तचर एजेन्सी स्थापना गर्न चाहन्छिन् । जापानमा जासूसी गर्नेहरुलाई कडा कारबाही गर्ने नियम बनाउने उनको एजेन्डाले मानवअधिकारलाई नजरअन्दाज गर्नसक्ने आलोचकहरुको तर्क छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि उनले जापानको सुरक्षा खर्च बढाएर आगामी मार्चसम्म कुल ग्राहस्थ उत्पादनको २ प्रतिशत पुर्‍याउने भएकी छिन् । उनी आगामी मार्चमा अमेरिका भ्रमणमा जाँदैछिन् ।

ताइवानमा चीनले सेना परिचालन गरेमा जापानले पनि त्यसको जवाफ दिने अभिव्यक्ती उनले नोभेम्बरमा दिएकी छिन् । चीनले यसमा आपत्ति जनाउँदै आएको छ । एक चीन नीतिप्रतिको प्रतिबद्धताबाट जापानलाई पछि नहट्न सजग पनि गराएको छ ।

आप्रवासी र विदेशीका लागि पनि कडा नीतिहरु ल्याउने उनको लक्ष्य छ । जापानी राजदरबारको पुरुषमात्रै उत्तराधिकारी हुन पाउने नियमलाई उनले समर्थन गर्दै आएकी छिन् । त्यस्तै समलिङ्गी विवाहविरुद्ध उभिएकी छिन् ।

उनले गत वर्ष संकट व्यवस्थापन लगानी योजना अघि सारेकी थिइन् । जसमा खाद्यान्न, उर्जा, सुरक्षा र आपुर्ति चक्रजस्ता १७ वटा रणनीतिक क्षेत्र समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम