मुख्य समाचार
युरोपेली संघ (ईयू) का प्रमुख निरीक्षक इभर्स इजाब्सले बंगलादेशको निर्वाचनलाई लोकतन्त्रको ठूलो दिनका रुपमा व्याख्या
युरोपेली संघ (ईयू) का प्रमुख निरीक्षक इभर्स इजाब्सले बंगलादेशको निर्वाचनलाई लोकतन्त्रको ठूलो दिनका रुपमा व्याख्या

— युरोपेली संघ (ईयू) का प्रमुख निरीक्षक इभर्स इजाब्सले बंगलादेशको निर्वाचनलाई लोकतन्त्रको ठूलो दिनका रुपमा व्याख्या गरेका छन् ।

ढाका विश्वविद्यालयस्थित कर्जन हल मतदान केन्द्र र सिद्धेश्वरी गल्र्स कलेज निरीक्षणपछि पत्रकारहरूसँग बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले निर्वाचन निष्पक्ष र स्वतन्त्र हुने अपेक्षा व्यक्त गरे ।

ईयूले २०० जना निरीक्षक यस निर्वाचनका लागि परिचालन गरेको छ । बंगलादेशको प्रमुख सल्लाहकार कार्यालयका अनुसार कुल ३९४ अन्तर्राष्ट्रिय निरीक्षक र १९७ विदेशी पत्रकारले निगरानी गरिरहेका छन् ।

पाकिस्तान, भुटान, श्रीलाङ्का, नेपालसहित २१ देशका प्रतिनिधि यस निर्वाचनको पर्यवेक्षणमा छन् । शनिबार निर्वाचनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक हुने इजाब्सले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बुल्गेरियामा मंगलबार बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना भएको छ। राजधानी सोफियालाई ब्ल्याक सीको बन्दरगाह सहर बुर्गाससँग जोड्ने राजमार्गमा ८६ वटा गाडीहरू आपसमा ठोक्किएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। दुर्घटनापछि राजमार्गलाई दुवैतर्फबाट बन्द गरिएको छ। दुर्घटनाका कारण बुल्गेरियाकी राष्ट्रपति इलियाना योतोभाले पनि आफ्नो विदेश भ्रमण बीचमै छाडेकी छन्। ...
। प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी ...
: फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार साउदी अरबको राजधानी रियादमा विस्फोटका धेरै आवाज सुनिएका छन्। साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेको एउटा ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै नष्ट गरेको दाबी गरेको छ। सोही समयमा रियादमा विस्फोटका आवाज सुनिएका हुन्। एएफपीका पत्रकारहरूले मोबाइल फोनमा हवाई आक्रमणको जोखिमसम्बन्धी सतर्कता सन्देश प्राप्त गरेका थिए। उक्त सन्देशमा सर्वसाधारणलाई सुरक्षित ...
: अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा रक्षा मन्त्री पीट हेगसेथको पत्रकार सम्मेलन सुरु हुनुअघि पत्रकारहरूलाई व्यावसायिक व्यवहार गर्न चेतावनी दिइएको छ। पेन्टागनको ब्रिफिङ कक्षमा उपस्थित ६० देखि ७० जना पत्रकारलाई सैनिक पोसाकमा आएका एक अधिकारीले अनुशासनहीन व्यवहार गरे बाहिर निकाल्ने चेतावनी दिएका हुन्। अधिकारीले पत्रकारहरूको कुनै पनि व्यवहार आफूलाई अनुचित लागे उनीहरूलाई तत्काल कक्षबाट बाहिर पठाइने स्पष्ट ...
इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो । मुख्य न्यायाधीश सरफराज डोगरको नेतृत्वमा रहेको दुई सदस्यीय इजलासले १९ करोड पाउन्डको अल कादिर ट्रस्ट प्रकरणमा सुनाइएको सजायविरुद्ध दायर पुनरावेदनमाथि सुनुवाइ गर्दै ...