मुख्य समाचार
बंगलादेशको खुल्नास्थित एक मतदान केन्द्रमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का नेता मोहीबुज्जामन कोचीको निधन
बंगलादेशको खुल्नास्थित एक मतदान केन्द्रमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का नेता मोहीबुज्जामन कोचीको निधन

— बंगलादेशको खुल्नास्थित एक मतदान केन्द्रमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का नेता मोहीबुज्जामन कोचीको निधन भएको छ ।

बिहान ९ बजेतिर उनी खुल्ना अलिया मदरसा मतदान केन्द्रमा पुगेका थिए । ६० वर्षीय कोची बीएनपीको खुल्ना महानगरका पूर्व कार्यालय सचिव हुन् ।

मतदान केन्द्रभित्र मत प्रभावित गर्ने प्रयास जमात्–ई ईस्लामीले गरेपछि कोचीले त्यसको विरोध गरेको बीनएनपीको दाबी छ । बीएनपीका स्थानीय कर्ताकर्ता युसुफ हारुन मञ्जुले बिहानैदेखि मतदान स्थल तनावमय रहेको बताए ।

अलिया मदरसा प्रमुख तथा जमात्का कार्यकर्ता अब्दूल रहिमले धकेलेपछि रुखमा ठोक्किएर कोचीको टाउकोमा चोट लागेको हारुनको आरोप छ ।

यसपछि नजिकैको निजी मेडिकल कलेजमा मोहीबुज्जानलाई लगिएको थियो । जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । यस विषयमा रहिमले कुनै प्रतिक्रिया दिएका छैनन् ।

जमात्का नेताहरुले भने कुनै झडप नभएको दाबी गरेका छन् । उनीहरुले कोची आफैं बिरामी परेर ढलेको बताएका छन् । प्रहरीले घटनास्थलमा पुगेर तनाव नियन्त्रण गरेको थियो ।

प्रोथोम आलोसँगको कुराकानीमा बीएनपीका महानगरीय प्रवक्ता मिजानुर रहमानले कोची लामो समयदेखि हृदयघातको बिरामी रहेको बताए ।

बीएनपीका खुल्ना–२ निर्वाचन क्षेत्रबाट बीएनपीको उम्मेदवार रहेका जनरुल इस्लामले कोचीमाथि आक्रमण भएको भन्दै निन्दा गरेका छन् । उनले घटनामा संलग्न मदरसा प्रमुख रहिमलाई तत्कालै पक्राउ गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ २७ गते मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबीच मध्यरातसम्म चलेको वार्तापछि सहमति भएको छ । गएराति सहमति भएपछि बुधबार बिहानैदेखि अवरुद्ध मन्थली–खुर्कोट सडक बिहीबार बिहानैदेखि सञ्चालन भएको छ । मध्यरातमा भएको ८ बुँदे सहमति पत्रमा दुर्घटनामा ज्यान गुमाएका १२ जना मध्ये ९ जनाका परिवारले हस्ताक्षर गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले ...
— काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी हुँदा जलेर नष्ट भएको छ । हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा बाटोस्थित शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान करिब ४ बजे तिर आगलागी हुँदा पूर्ण रूपमा जलेको हो । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको अवस्थामा बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको ...
— सर्वोच्च अदालतले पत्नीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेजको हुने अन्तिम आदेश सुनाएको हो । यो आदेशसंगै उनी अब २० वर्ष कैदको पुरा अवधी जेलमा ...
— जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्‍याली, जुलुश र भीडभाडका कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न भनिएको छ ...
— भरतपुरको प्रेमबस्ती स्कुलचोकमा आज बिहीबार बिहान सवेरै चार बजेतिर अटो रिक्सालाई स्कर्पियो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा थप चारजना घाइते भएका छन् । घाइतमध्ये तीनजनाको अवस्था मध्यम छ । एकजनाको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र ...