मुख्य समाचार
श्रीलंकाको लगातार दोस्रो जित
श्रीलंकाको लगातार दोस्रो जित

— श्रीलंकाले ट्वान्टी-२० विश्वकप २०२६ मा बिहीबार समूह बी अन्तर्गत लगातार दोस्रो जित निकालेको छ । उसले पालेकेलेमा ओमानलाई सजिलै १ सय ५ रनको ठूलो अन्तरले हराएको हो ।

जितका लागि २ सय २६ को लक्ष्य पछ्याएको ओमानले ९ विकेट गुमाएर १ सय २० मात्र रन बनाउन सक्यो । यो जितपछि चार अंकमा श्रीलंका समूहको शीर्षमा उक्लेको छ र उसको सुपर एट प्रवेशको सम्भावना बलियो भयो ।

ओमानका लागि मोहमद नदिमले सर्वाधिक ५३ रन बनाए र नटआउट पनि रहे । यसअघि ओमानले टस जितेर पालेकेलेमा पहिले ब्याटिङको निम्तो दिएपछि श्रीलंकाले ५ विकेट गुमाएर २ सय २६ रनको लक्ष्य तयार पारेको हो । ओपनर जोडीले भने स्कोरमा खासै योगदान गरेनन् । पथुमा निसान्काले १३ र कमिल मिसराले ८ रन मात्रै बनाए । त्यसपछि इनिङ्स सम्हाल्ने काम कुसल मेन्डिस र पाभन रथानायेकेले गरे ।

उनीहरूले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । रथनायकले ६० रन बनाए । उनले २८ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यस्तै मेन्डिसले भने ४५ बलमा ६१ रन जोडे । रनआउट हुन अगाडि उनले ७ चौका प्रहार गरे । त्यसपछि कप्तान दसुन सनकाले २० बलमै ५० रन बनाए । उनको ब्याटबाट २ चौका र ५ छक्का निस्केको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लामो समयपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई एन्फा मुख्यालय पुगेका छन् । उनीहरू सोमबार एन्फा मुख्यालय सादोबाटो पुगेका हुन् । एन्फामाथि ११ असारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट आर्थिक तथा प्रशासनिक निलम्बन भएको थियो । ४ मंसिरमा राखेपले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन ...
। आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् । दशौं खेलकुदका ...
। एसीसी राइजिङ स्टार्स एसिया कपमा नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग खेल्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। तर नेपालको छनोट समीकरण बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा पनि निर्भर हुनेछ। नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा ...
। कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा ...
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै बिना विकेट क्षति पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले ४९ बलमा शतक पूरा गरे। उनले ८ चौका र ८ छक्का प्रहार गरे। विनोद भण्डारीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम