मुख्य समाचार
म्यासेजिङ एपहरुमा कडाई गर्दै आएको रुसले ह्वाट्स एपमाथि प्रतिबन्ध लगाउने तयारी
म्यासेजिङ एपहरुमा कडाई गर्दै आएको रुसले ह्वाट्स एपमाथि प्रतिबन्ध लगाउने तयारी

— म्यासेजिङ एपहरुमा कडाई गर्दै आएको सले ह्वाट्स एपमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । मेटाको स्वामित्वमा रहेको ह्वाट्स एपका झन्डै १० करोड प्रयोगकर्ता रुसमा रहेको कम्पनीले जनाएको छ ।

रुसले सरकारी निगरानी बढाउन सुरु गरेको छ । ‘१० करोडभन्दा धेरै प्रयोगकर्तालाई गोप्य र सुरक्षित सञ्चारमाध्यम टाढा गर्न खोज्नु प्रतिगामी कदम हो । यसले रुसी जनतालाई असुरक्षित बनाउने काममात्रै गर्छ, ’ ह्वाट्स एपले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी आफ्ना प्रयोगकर्ताहरुलाई सम्पर्कमा राख्नका लागि सके जति प्रयास गर्नेछौं ।’

केही समयअघिमात्रै सुरक्षा कारण देखाएर रुसले टेलिग्रामलाई कडाई गरेको थियो । रुसमा टेलिग्रामका प्रयोगकर्ताको संख्या ह्वाट्स एप बराबर नै रहेको छ । यस विषयमा रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले टिप्पणी गर्न अस्विकार गरेको छ ।

रुसको सञ्चार नियामक रोस्कोमान्डजोरले स्थानीय कानुन पालना गर्नका लागि ह्वाट्स एपलाई पटक–पटक चेतावनी दिदैं आएको छ । सरकारी सञ्चारमाध्यम तास मिडियाले ह्वाट्स एपमाथि प्रतिबन्ध लाग्नसक्ने जानकारी यसै वर्षको सुरुवातमा दिएको थियो ।

‘मेटा अतिवादी संस्था हो । त्यहीकारण यस्तो मापदण्ड न्यायसंगत नै छ,’ रुसी अधिकारी आन्द्रेई स्भित्सोफले भनेका भनेका थिए ।

ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
सन् २०२२ मा मेटालाई अतिवादी संस्थाको सुचीमा राखिएपछि इन्स्टाग्राम र फेसबुक बन्द गरिएको थियो । यी एपहरु भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग गरेरमात्रै खोल्न मिल्छ ।

रुसले आफ्ना नागरिकहरुले म्याक्स नाम सरकारी सञ्जाल प्रयोग गरेको हेर्न चाहेको छ । ह्वाट्स एप र टेलिग्राम दुबैले रुसी प्रयोगकर्ताहरुको डाटा देशमा राख्न नमानेको रुसको दाबी छ । रुसी कानुनले डाटा देशभित्रै रहनुपर्ने उल्लेख छ ।

देशमा निर्माण हुने सबै नयाँ डिभाइसमा म्याक्स एप पहिल्यै इन्स्टल गर्नका लागि रुसी अधिकारीहरुले सन् २०२५ यता मोबाइल कम्पनीहरुलाई दबाब दिदैं आएका छन् । सरकारी कर्मचारी, शिक्षक, विद्यार्थीलगायतले यस प्लेटफर्म प्रयोग गर्नुपर्ने आश्वयकता छ । किनकी, सरकारी कार्यालय र शैक्षिक संस्थानमा यही एप चल्छ ।

टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभले रुस सरकारले आफ्नै एप प्रयोग गर्नका लागि मानिसहरुलार्य बाध्य पारेको बताए । निगरानी गर्न र राजनीतक सेन्सरसिप गर्नका लागि यस्तो कदम चालिएको आरोप उनले लगाए । ‘जनताको स्वतन्त्रता कुण्डित गर्नु कहिल्यै सही जवाफ होइन,’ डुरोभले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...