मुख्य समाचार
गत भदौ २४ गतेको प्रदर्शनका क्रममा पोखराबाट भागेका लागूऔषध मुद्दाका धादिङका युवा गुल्मीमा पक्राउ
गत भदौ २४ गतेको प्रदर्शनका क्रममा पोखराबाट भागेका लागूऔषध मुद्दाका धादिङका युवा गुल्मीमा पक्राउ

— गत भदौ २४ गतेको प्रदर्शनका क्रममा पोखराबाट भागेका लागूऔषध मुद्दाका धादिङका युवा गुल्मीमा पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका-२ रुद्रवेणीमा लुकेर बसेको क्रममा फरार प्रतिवादी पक्राउ परेका हुन् ।

धादिङको गजुरी गाउँपालिका-८ का २५ वर्षीय डिलबहादुर डिमडुङ लागूऔषध (गाँजा) मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट पक्राउ परी कास्की जिल्ला अदालतमार्फत कास्की जिल्ला कारागार थुनामा रहेकोमा जेन-जी आन्दोलनका क्रममा भागेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

लुकेर बसेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ २७ गते मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबीच मध्यरातसम्म चलेको वार्तापछि सहमति भएको छ । गएराति सहमति भएपछि बुधबार बिहानैदेखि अवरुद्ध मन्थली–खुर्कोट सडक बिहीबार बिहानैदेखि सञ्चालन भएको छ । मध्यरातमा भएको ८ बुँदे सहमति पत्रमा दुर्घटनामा ज्यान गुमाएका १२ जना मध्ये ९ जनाका परिवारले हस्ताक्षर गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले ...
— काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी हुँदा जलेर नष्ट भएको छ । हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा बाटोस्थित शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान करिब ४ बजे तिर आगलागी हुँदा पूर्ण रूपमा जलेको हो । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको अवस्थामा बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको ...
— सर्वोच्च अदालतले पत्नीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेजको हुने अन्तिम आदेश सुनाएको हो । यो आदेशसंगै उनी अब २० वर्ष कैदको पुरा अवधी जेलमा ...
— जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्‍याली, जुलुश र भीडभाडका कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न भनिएको छ ...
— भरतपुरको प्रेमबस्ती स्कुलचोकमा आज बिहीबार बिहान सवेरै चार बजेतिर अटो रिक्सालाई स्कर्पियो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा थप चारजना घाइते भएका छन् । घाइतमध्ये तीनजनाको अवस्था मध्यम छ । एकजनाको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र ...