मुख्य समाचार
बंगलादेशमा २०२४ को विद्यार्थी आन्दोलनले शेख हसिनाको १५ वर्षे शासन समाप्त गरेपछि आज पहिलो पटक मतदान
बंगलादेशमा २०२४ को विद्यार्थी आन्दोलनले शेख हसिनाको १५ वर्षे शासन समाप्त गरेपछि आज पहिलो पटक मतदान

— बंगलादेशमा २०२४ को विद्यार्थी आन्दोलनले शेख हसिनाको १५ वर्षे शासन समाप्त गरेपछि आज पहिलो पटक मतदान भइरहेको छ । यहाँ ३ सय प्रत्यक्ष सिटमा संसदीय चुनाव र जनमतसंग्रह एकसाथ भइरहेको छ ।

बंगलादेशको निर्वाचन आयोगका अनुसार १२ करोड ७० लाख जनाले मतदाता सूचीमा नाम लेखाएका छन् । उनीहरूले देशभरका ४२ हजार ७ सय ७९ वटा मतदान केन्द्रबाट मत खसालिरहेका छन् ।

धेरैजसो स्थानमा शान्तिपूर्ण मतदान चलिरहेको पर्यवेक्षकहरुले जनाएका छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले १०ः २६ मिनेट जाँदा गुल्सन मोडल हाई स्कुलमा मत खसालेका छन् । मत खसालेपछि उनले निर्वाचनलाई नयाँ बंगलादेशको जन्मदिन भनेर व्याख्या गरे ।

उनको सरकारले २५ वटा राजनीतिक दलहरूसँगको छलफलपछि ल्याएको 'जुलाई वडापत्र २०२५' पारित गर्ने वा नगर्ने भन्‍ने विषयमा मतदाताहरूले आजै फैसला गर्नेछन् । यस वडापत्रमा प्रधानमन्त्रीको कार्यकाल सीमा, महिला प्रतिनिधित्व वृद्धिलगायत ८० वटा सुधार प्रस्ताव छ ।

जनमतसंग्रहले यस वडापत्रलाई अनुमोदन गरेमा आगामी संसद्‍ले अनिवार्य रूपमा यसमा उल्लेखित सुधारहरूलाई समेट्‍नेगरी संविधान संशोधन गर्नुपर्नेछ । वडापत्र अनुमोदन हुन नसकेमा संसद्‍लाई यी प्रस्ताव पारित गर्नुपर्ने बा्ध्यता हुनेछैन ।

ढाका–१७ र बगोरा–६ बाट उम्मेदवार रहेका बंगलादेश नेशनल पार्टीका अध्यक्ष तरिक रहमानले गुल्सन मोडल स्कुलबाटै मत खसालेका छन् । जमात् ई ईस्लामीका प्रमुख साफिकर रहमानले ८ः ३० बजे मनिपुर हाई स्कुलबाट मतदान गरे ।

केही स्थानमा झडप तथा केही स्थानमा बिस्फोटका घटना रिपोर्ट भएका छन् । गोपालगञ्जको निचुपारा क्षेत्रस्थित रेश्मा इन्टरनेसनल स्कूल मतदान केन्द्रमा बिहान ९ बजे भएको विस्फोटमा दुई अन्सार सदस्य र एक बालक घाइते भएकोसुपरिन्टेन्डेन्ट अफ पुलिस एमडी सर्वर हुसैनले द द डेली स्टारलाई बताएका छन् ।

त्यसैगरी, मुन्शिगञ्ज सदर उपजिलाको माखाती गुरुचरण हाई स्कूलमा बिहान १० बजे क्रुड बम विस्फोट भएको सदर प्रहरी स्टेसनका ओसी एमडी मोमिनुल इस्लामले पुष्टि गरेका छन् ।

यो निर्वाचनमा अवामी लिग प्रतिबन्धित छ । बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) र जमात–ए–इस्लामीको गठबन्धन मुख्य प्रतिस्पर्धी मानिएका छन् । विद्यार्थी आन्दोलनबाट जन्मिएको नेशनल सिटिजन पार्टी जमात् नेतृत्वको गठबन्धनमा छ । कुल ६० दल तथा स्वतन्त्र उम्मेदवारहरुले यस निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम