मुख्य समाचार
भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु
भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु

— जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ ।

स्थानीय ३० वर्षीय कलम धामीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किएको थियो ।

बन्दुक पड्किँदा निस्किएको छर्रा धामीको बाँया कन्चटमा लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे स्थानीयले राति करिब १ बजे प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।

थप अनुसन्धानका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा एसओसीओसहित छ जनाको टोली खटिएको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ २७ गते मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबीच मध्यरातसम्म चलेको वार्तापछि सहमति भएको छ । गएराति सहमति भएपछि बुधबार बिहानैदेखि अवरुद्ध मन्थली–खुर्कोट सडक बिहीबार बिहानैदेखि सञ्चालन भएको छ । मध्यरातमा भएको ८ बुँदे सहमति पत्रमा दुर्घटनामा ज्यान गुमाएका १२ जना मध्ये ९ जनाका परिवारले हस्ताक्षर गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले ...
— काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी हुँदा जलेर नष्ट भएको छ । हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा बाटोस्थित शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान करिब ४ बजे तिर आगलागी हुँदा पूर्ण रूपमा जलेको हो । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको अवस्थामा बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको ...
— सर्वोच्च अदालतले पत्नीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेजको हुने अन्तिम आदेश सुनाएको हो । यो आदेशसंगै उनी अब २० वर्ष कैदको पुरा अवधी जेलमा ...
— जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्‍याली, जुलुश र भीडभाडका कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न भनिएको छ ...
— भरतपुरको प्रेमबस्ती स्कुलचोकमा आज बिहीबार बिहान सवेरै चार बजेतिर अटो रिक्सालाई स्कर्पियो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा थप चारजना घाइते भएका छन् । घाइतमध्ये तीनजनाको अवस्था मध्यम छ । एकजनाको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र ...