मुख्य समाचार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई शर्तमा मात्रै निर्वाचन गरिने बताएका छन्
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई शर्तमा मात्रै निर्वाचन गरिने बताएका छन्

— युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई शर्तमा मात्रै निर्वाचन गरिने बताएका छन् । त्यसका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र रुससँग युद्धविराम हुनुपर्ने शर्त उनले राखेका हुन् ।

चुनावका विषयमा सोधिएको प्रश्नमा बुधबार पत्रकारसँगको व्हाट्सएप च्याटमा जेलेन्स्कीले भने, ‘सबै सम्बन्धित सुरक्षा ग्यारेन्टी सुनिश्चित भएपछि हामी चुनावतर्फ अघि बढ्नेछौं ।

युक्रेनले कहिल्यै चुनावको विषय उठाएको छैन, यो विभिन्न साझेदारहरूले उठाउने गर्छन् । हामी चुनावका लागि तयार छौं । यो निकै सजिलो छ– युद्धविराम गर, चुनाव हुन्छ । पहिले सुरक्षा, अनि राजनीति गरौं ।’

युक्रेनको संविधानअनुसर संकटकाल लागु भएका बेला राष्ट्रिय चुनाव हुँदैन । रुसले २४ फेब्रुअरी २०२२ मा पूर्ण आक्रमण सुरु गर्न गरेपछि युक्रेनमा संकटकाल लगाइएको थियो ।

रुस तयार भएमा यसै वसन्तभित्र दुई देशबीचको शत्रुता समाप्त हुने पनि उनले बताए । यसअघि फाइनान्सियल टाइम्सले वाशिङ्टनको दबाबपछि युक्रेनले तीन महिनाभित्र राष्ट्रपति चुनाव गर्नेबारे विचार गरिरहेको रिपोर्ट गरेको थियो ।

२०१९ मा निर्वाचित जेलेन्स्कीको कार्यकाल २०२४ मा सकिएको थियो । तर संकटकालीन परिस्थितीले उनको कार्यकाल लम्ब्याइदिएको छ । रुसले उनको वैधानिकतालाई पटक–पटक प्रश्न गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत डिसेम्बरमा जेलेन्स्कीको आलोचना गरेका थिए । उनले जेलेन्स्कीसँग कुनै वैधता बाँकी नरहेको आरोप लगाएका थिए ।

अहिले युक्रेनका धेरै भूभाग रुसको कब्जामा छ । त्यहीकारण पनि ती क्षेत्रमा निर्वाचन हुन सक्दैन । त्यस्तै, युक्रेनको नियन्त्रण रहेका क्षेत्रमा पनि रुसले मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ ।

ठूलो जनसंख्या सेनामा भर्ती भएकाले उनीहरु पनि मताधीकारबाट बन्चित हुनसक्छन् । यी सबै परिस्थिती नमिलेसम्म राष्ट्रिय चुनाव गर्न नसकिने युक्रेनी अधिकारीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...