मुख्य समाचार
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई शर्तमा मात्रै निर्वाचन गरिने बताएका छन्
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई शर्तमा मात्रै निर्वाचन गरिने बताएका छन्

— युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दुई शर्तमा मात्रै निर्वाचन गरिने बताएका छन् । त्यसका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र रुससँग युद्धविराम हुनुपर्ने शर्त उनले राखेका हुन् ।

चुनावका विषयमा सोधिएको प्रश्नमा बुधबार पत्रकारसँगको व्हाट्सएप च्याटमा जेलेन्स्कीले भने, ‘सबै सम्बन्धित सुरक्षा ग्यारेन्टी सुनिश्चित भएपछि हामी चुनावतर्फ अघि बढ्नेछौं ।

युक्रेनले कहिल्यै चुनावको विषय उठाएको छैन, यो विभिन्न साझेदारहरूले उठाउने गर्छन् । हामी चुनावका लागि तयार छौं । यो निकै सजिलो छ– युद्धविराम गर, चुनाव हुन्छ । पहिले सुरक्षा, अनि राजनीति गरौं ।’

युक्रेनको संविधानअनुसर संकटकाल लागु भएका बेला राष्ट्रिय चुनाव हुँदैन । रुसले २४ फेब्रुअरी २०२२ मा पूर्ण आक्रमण सुरु गर्न गरेपछि युक्रेनमा संकटकाल लगाइएको थियो ।

रुस तयार भएमा यसै वसन्तभित्र दुई देशबीचको शत्रुता समाप्त हुने पनि उनले बताए । यसअघि फाइनान्सियल टाइम्सले वाशिङ्टनको दबाबपछि युक्रेनले तीन महिनाभित्र राष्ट्रपति चुनाव गर्नेबारे विचार गरिरहेको रिपोर्ट गरेको थियो ।

२०१९ मा निर्वाचित जेलेन्स्कीको कार्यकाल २०२४ मा सकिएको थियो । तर संकटकालीन परिस्थितीले उनको कार्यकाल लम्ब्याइदिएको छ । रुसले उनको वैधानिकतालाई पटक–पटक प्रश्न गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत डिसेम्बरमा जेलेन्स्कीको आलोचना गरेका थिए । उनले जेलेन्स्कीसँग कुनै वैधता बाँकी नरहेको आरोप लगाएका थिए ।

अहिले युक्रेनका धेरै भूभाग रुसको कब्जामा छ । त्यहीकारण पनि ती क्षेत्रमा निर्वाचन हुन सक्दैन । त्यस्तै, युक्रेनको नियन्त्रण रहेका क्षेत्रमा पनि रुसले मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ ।

ठूलो जनसंख्या सेनामा भर्ती भएकाले उनीहरु पनि मताधीकारबाट बन्चित हुनसक्छन् । यी सबै परिस्थिती नमिलेसम्म राष्ट्रिय चुनाव गर्न नसकिने युक्रेनी अधिकारीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम