मुख्य समाचार
क्यानडाको ब्रिटिस कोलम्बियास्थित टुम्लर रिज सेकेन्डरी स्कूलमा भएको गोलीकाण्डमा १८ वर्षीय जेसी भान रुट्सेलार दोषी रहेको ठहर
क्यानडाको ब्रिटिस कोलम्बियास्थित टुम्लर रिज सेकेन्डरी स्कूलमा भएको गोलीकाण्डमा १८ वर्षीय जेसी भान रुट्सेलार दोषी रहेको ठहर

— क्यानडाको ब्रिटिस कोलम्बियास्थित टुम्लर रिज सेकेन्डरी स्कूलमा भएको गोलीकाण्डमा १८ वर्षीय जेसी भान रुट्सेलार दोषी रहेको ठहर प्रहरीले गरेको छ । प्रहरीका अनुसार जेसी घटनास्थलमै मृत्यु अवस्थामा अवस्थामा भेटिएका थिए ।

उनले पहिले आफ्नै घरमा ३९ वर्षकी आमा र ११ वर्षका सौतेनी भाईलाई गोली हानेका थिए ।

त्यसपछि स्कुलमा सामुहिक गोली चलाउँदा ६ जना मारिए । जसमा ३९ वर्षीया एक महिला शिक्षिका, १२ वर्षीया तीन छात्रा र क्रमशः १२ र १३ वर्षका छात्र छन् । घटनामा कम्तीमा २५ जना घाइते भएका छन् ।

पुरुषका रुपमा जन्मिएका जेसीले ६ वर्षदेखि आफुलाई महिला पहिचान गर्न थालेको आरसीएमपीका डेप्युटी कमिस्नर ड्वेन म्याकडोनाल्डले बताए । ‘जेसी जैविक पुरुष जन्मिएका थिए, ६ वर्षअघि महिलातर्फ रुपान्तण हुन थाले,’ उनले भने ।

स्थानीय समयअनुसार मंगलबार दिउँसो १ः३० स्कूलमा गोली चलिरहेको सूचना आयो । प्रहरी २ मिनेटमै पुगेर भित्र प्रवेश गर्‍यो । जेसी मृत अवस्थामा फेला परेका थिए । उनको साथमा एउटा लामो राइफल र ह्यान्डगन थियो ।

प्रहरीका अनुसार विगतमा जेसीको मानसिक स्वास्थ्यमा समस्या देखिएको रिपोर्ट आएको थियो । त्यस्तै, उनको घरबाट हतियार पनि बरामद भएको थियो । बन्दुकको लाइसेन्स अवधि पनि समाप्त भइसकेको थियो ।

प्रधानमन्त्री मार्क कार्नीले यस घटनालाई ‘अकल्पनीय क्रूरता’ भनेका छन् । बस्तीका काउन्सिलर क्रिस नोर्बुरीले बीबीसी रेडियोसँग कुराकानी गर्दै यस घटनाले सम्पूर्ण बस्तीलाई नै स्तब्ध पारेको बताए ।

‘यो अति नै सुरक्षित समुदाय हो । यहाँ हामीले ढाकामा ताला पनि लगाउने गर्दैनौं। अपराको चिन्ता लिनुपर्दैन थियो । तर, नसोचेको घटना भयो ।’ टुम्लर रिज निकै सानो बस्ती हो । यहाँ झन्डै २४०० बासिन्दा छन्, स्कूलमा ७ देखि १२ कक्षाका १६० विद्यार्थी पढ्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...