मुख्य समाचार
नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित
नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित

— फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी रुपमा नेपाललाई कुनै अवसर नै दिएन ।

मुम्बईको वानखडे रंगशालामा बिहीबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा १ सय २३ रनमा अलआउट भयो । मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले आक्रामक ब्याटिङ गरेपछि इटालीले १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो । उनीहरुले नेपाली बलरलाई कुनै मौका नदिएपछि नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटको हिसाबमा सबैभन्दा ठूलो हार स्विकार्न बाध्य भयो ।

पावर प्लेको पहिलो ६ ओभरमा बिना क्षति ६८ रन जोडेको इटालीले १० ओभरमा ९७ रन जोडेर विजयको औपचारिकतामात्र बाँकी राखेको थियो । जस्टिन ६० र एन्थोनी ६२ रन बनाई अविजित रहे । जस्टिनले ४४ बल खेल्दै ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बल खेली ३ चौका र ६ छक्का प्रहार गरे ।

यसअघि हतारमा देखिएको नेपालको ब्याटिङ सुरुआत राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा १० बलमा ५ रन बनाई आउट भएपछि नेपालले सुरुआतदेखि दबाबमा खेलेको थियो । ६ ओभरमा ४६–१ को स्थितिमा रहेको नेपाल १० ओभरमा ६७–३ को स्थितिमा पुगेको थियो ।

सम्बन्धित समाचार
इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ
विनोद पाण्डे

माघ २९, २०८२
ट्वान्टी–२० विश्वकप : इटालीविरुद्ध नेपालको ब्याटिङ
विनोद पाण्डे

माघ २९, २०८२
ट्वान्टी-२० विश्वकप : श्रीलंकाको लगातार दोस्रो जित
कान्तिपुर संवाददाता

माघ २९, २०८२
कप्तान रोहित पौडल र आसिफ शेखलाई आउट गर्दै इटाली खेलमा फर्किएको थियो । क्रिसन कालुगामागेको बलमा रोहित बाउन्ड्री लाइनमा क्याच दिन पुगे । उनले १४ बल खेली २ छक्का प्रहार गर्दै २३ रन बनाए । दुई बलपछि आठौं ओभरमा आसिफ पनि बेन मानेन्टीको बलमा स्टम्प आउट हुन पुगे । आसिफले २० बल खेलि २ चौका प्रहार गरि २० रन बनाए ।

दीपेन्द्रसिंह ऐरी १८ बलमा १७ रन बनाई बोल्ड आउट भए । उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । लोकेश बम ३ रनमै आउट भए । उनले पनि ठूलो सट प्रहार गर्नेक्रममा बेन मानेन्टीको बललाई बाउन्ड्री लाइनमा क्याच दिन पुगे । ओपनिङ बलरको रुपमा आएका अफ ब्रेक बलर मानेन्टीले ४ ओभरमा ९ रनमात्र खर्चेर २ विकेट लिए ।

आरिफले नेपालबाट सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ३ चौका प्रहार गर्दै २७ रन बनाए । गुलशन झाले पुनः एक पटक निराश बनाए । उनले ४ बलमा ३ रनमात्र बनाउन सके । नन्दन यादव शून्यमा रनआउट भए ।

करण केसी र सन्दीपले नवौं विकेटमा १४ बलमा २१ रन जोडेपछि मात्र नेपालको स्कोर हेर्न लायक भएको थियो । सन्दीप ७ बलमा ५ रन बनाई आउट भए । करण ११ बल खेली समान १ चौका र १ छक्का प्रहार गरि १८ रनमा अविजित रहे । ललित राजवंशी २ बल खेलि शून्यमा रनआउट भए । कालुगामागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम