मुख्य समाचार
काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी हुँदा जलेर नष्ट
काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी हुँदा जलेर नष्ट

— काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी हुँदा जलेर नष्ट भएको छ ।

हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा बाटोस्थित शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान करिब ४ बजे तिर आगलागी हुँदा पूर्ण रूपमा जलेको हो ।

बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको अवस्थामा बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । यसपछि बस सडक छेउमा रोकिएरपछि यात्रु ओर्लिएका थिए ।

स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ । बसमा सवार सबै ४४ जना यात्रु सकुशल छन् । आगलागीले यात्रुहरूको बसमा रहेका केही सामग्रीसमेत जलेर नष्ट भएका छन् । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माघ २७ गते मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबीच मध्यरातसम्म चलेको वार्तापछि सहमति भएको छ । गएराति सहमति भएपछि बुधबार बिहानैदेखि अवरुद्ध मन्थली–खुर्कोट सडक बिहीबार बिहानैदेखि सञ्चालन भएको छ । मध्यरातमा भएको ८ बुँदे सहमति पत्रमा दुर्घटनामा ज्यान गुमाएका १२ जना मध्ये ९ जनाका परिवारले हस्ताक्षर गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले ...
— सर्वोच्च अदालतले पत्नीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेजको हुने अन्तिम आदेश सुनाएको हो । यो आदेशसंगै उनी अब २० वर्ष कैदको पुरा अवधी जेलमा ...
— जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्‍याली, जुलुश र भीडभाडका कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न भनिएको छ ...
— भरतपुरको प्रेमबस्ती स्कुलचोकमा आज बिहीबार बिहान सवेरै चार बजेतिर अटो रिक्सालाई स्कर्पियो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा थप चारजना घाइते भएका छन् । घाइतमध्ये तीनजनाको अवस्था मध्यम छ । एकजनाको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र ...
— जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय कलम धामीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किएको थियो ...