मुख्य समाचार
बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबीच मध्यरातसम्म चलेको वार्तापछि सहमति
बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबीच मध्यरातसम्म चलेको वार्तापछि सहमति

— माघ २७ गते मन्थली नगरपालिका–६ मा भएको बस दुर्घटनाका पीडित पक्ष र जिल्ला प्रशासनबीच मध्यरातसम्म चलेको वार्तापछि सहमति भएको छ ।

गएराति सहमति भएपछि बुधबार बिहानैदेखि अवरुद्ध मन्थली–खुर्कोट सडक बिहीबार बिहानैदेखि सञ्चालन भएको छ ।

मध्यरातमा भएको ८ बुँदे सहमति पत्रमा दुर्घटनामा ज्यान गुमाएका १२ जना मध्ये ९ जनाका परिवारले हस्ताक्षर गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

घाइतेको उपचारमा कुनै कमी नहुने गरी नेपाल अरनिको यातायात सेवा प्रालिले तत्काल आवश्यक व्यवस्था गर्ने, दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति तत्काल नेपाल अरनिको यातायात सेवा प्रालिले व्यवस्था गर्ने सहमति भएको छ ।

दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारहरूलाई कानुन बमोजिम दिइने क्षतिपूर्तिको व्यवस्था तत्काल गर्ने र थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिको सहजीकरणमा पीडित पक्ष लगायत सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूसहित नेपाल अरनिको यातायात सेवा प्रालिसँग वार्ता गर्ने सहमति बनेको छ ।

त्यस्तै अस्पतालमा रहेका मृतकहरूको शव परीक्षण गरी दाहसंस्कारका लागि सम्बन्धित आफन्त तथा परिवारहरूको सहमति र सहजीकरणमा शव हस्तान्तरण गर्ने, दुर्घटनाका सवारी चालकलाई प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाउने, सवारी दुर्घटनामा हराइरहेका आशंका गरिएका यात्रुहरूको खोजी कार्य जारी राख्ने र हराइरहेका यात्रुहरूको सम्बन्धमा मृतकसरह मानी नियमानुसार क्षतिपूर्ति सम्बन्धित निकायले उपलब्ध गराउने सहमति भएको छ ।

ads/6800x1100bannergalaxy-s25-ultraasmi-0822026100513.jpg
यस्तै सवारी दुर्घटना सवारी चालकको लापरबाही कारणले भएको भनी पीडित पक्षले दाबी गरे बमोजिमको थप सुविधा उपलब्ध गराउन सम्बन्धित पक्षलाई अनुरोध गर्ने पीडित पक्षबाट प्राप्त माग पत्र/निवेदन कार्यान्वयन र सहजीकरणको लागि सम्बन्धित यातायात सेवा प्रालि, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने साथै पीडित पक्षहरूबाट हाल गरिएका विरोधका कार्यक्रमहरू स्थगित गर्ने सहमति बनेको छ ।

त्यसैगरी, सवारी सुरक्षालाई कडाइका साथ लागू गर्न जिल्ला प्रवेश गर्ने सीमा नाका तथा चेक प्वाइन्टहरूमा मापसे–लापसे चेकजाँच, सवारी साधनको प्राविधिक परीक्षण, चालकको स्वास्थ्य तथा योग्यता परीक्षण, ओभर स्पिड र ओभर लोड नियन्त्रण लगायतका कडा व्यवस्था कार्यान्वयन गर्ने ११ बुँदे सहमति भएको छ। प्रशासनले सहमति कार्यान्वयनमा कुनै ढिलाइ नगर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौँबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ आउँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात प्रालि) यात्रुवाहक बस मङ्गलवार बिहान करिब १०ः४० बजे मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक दुर्घटना भएको थियो । अनियन्त्रित भएको बस सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो।

उक्त दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी व्यवसायीलाई तत्काल सम्पर्कमा ल्याइ छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै आफन्तले मन्थलीस्थित अकासे र भैंसेश्वर क्षेत्रमा सडक अवरुद्ध गर्दा मन्थली–खुर्कोट तथा आसपासका क्षेत्रमा बुधवार सवारी आवागमन प्रभावित बनेको थियो । बुधवार साँझ पीडितले जिल्ला प्रशासन कार्यालय घेराउ गरी जबरजस्तीभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले हवाई फायर समेत गरेको थियो ।

३ जना अझै बेपत्ता

बस दुर्घटनापछि ३ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा आफन्तहरूले निवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजन तिम्सिनाका अनुसार बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ ।

बुधबार साँझसम्म खोजी गर्दा पनि बेपत्ता भनिएकाहरू फेला पर्न सकेन । प्रहरीमा प्राप्त निवेदन अनुसार बेपत्ता हुनेमा उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार रहेका छन् । उनका दाइ युवराज सुवालले खोजतलासका लागि प्रहरी कार्यालय रामेछापमा निवेदन दिएका हुन्।

यस्तै, दुर्घटनामा ज्यान गुमाएकी लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङकी रमिता तामाङको ८ वर्षका छोरा रोनिश तामाङ पनि बेपत्ता रहेका छन्। रोनिशको खोजीका लागि उनका आफन्तले प्रहरीमा निवेदन दर्ता गराएका प्रहरीले जनाएको छ । त्यसै गरी मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङ पनि सम्पर्क विहीन रहेको भन्दै उनका आफन्तले समेत खोजीका लागि निवेदन दिएका छन्। क्रिचन मृतक तारा तामाङका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी हुँदा जलेर नष्ट भएको छ । हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–भैरहवा बाटोस्थित शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बिहीबार बिहान करिब ४ बजे तिर आगलागी हुँदा पूर्ण रूपमा जलेको हो । बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको अवस्थामा बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको ...
— सर्वोच्च अदालतले पत्नीको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेजको हुने अन्तिम आदेश सुनाएको हो । यो आदेशसंगै उनी अब २० वर्ष कैदको पुरा अवधी जेलमा ...
— जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्‍याली, जुलुश र भीडभाडका कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न भनिएको छ ...
— भरतपुरको प्रेमबस्ती स्कुलचोकमा आज बिहीबार बिहान सवेरै चार बजेतिर अटो रिक्सालाई स्कर्पियो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा थप चारजना घाइते भएका छन् । घाइतमध्ये तीनजनाको अवस्था मध्यम छ । एकजनाको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र ...
— जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय कलम धामीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किएको थियो ...