मुख्य समाचार
बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी रहेको भन्दै भोक हड्ताल नगर्न आग्रह
बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी रहेको भन्दै भोक हड्ताल नगर्न आग्रह

। बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी रहेको भन्दै भोक हड्ताल नगर्न आग्रह गरेको छ ।

ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालका तर्फबाट बेलायती प्रधानमन्त्री किअर स्टारमर तथा रक्षा मन्त्रालय अन्तर्गत भेट्रान्स मन्त्री लुइस स्यान्डर–जोन्सलाई पठाइएको एक अल्टिमेटम पत्रको जवाफ दिंदै जोन्सले सो कुरा बताएकी हुन् ।

भूतपूर्व गोर्खाहरुले उठाउँदै आएको समान पेन्सन लगायत मुद्दामा विभिन्न विभाग र कानुनी जटिलता समावेश भएकाले ती प्रस्तावहरूलाई गहिराइसँग र जिम्मेवारीपूर्वक विचार गर्नु महत्त्वपूर्ण रहेको मन्त्रीको जवाफमा उल्लेख छ ।

यसबारे थप छलफलका लागि बैठकको व्यवस्था गर्न आफ्नो मन्त्रालयका अधिकारीहरू लन्डनस्थित नेपाली दूतावाससँग समन्वयमा रहने पनि मन्त्री लुइसले बताएकी छन् ।

ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके नेपालले गत १६ जनवरी २०२६ मा एक अल्टिमेटम पत्र दिंदै नेपाल र बेलायत सरकारबीच गोर्खासम्बन्धी गुनासो–मागहरूबारे राजनीतिक तथा कूटनीतिक संवादमा पर्याप्त प्रगति नभएकाले आउँदो ३१ मार्च २०२६ भित्र २०१८ को प्राविधिक प्रतिवेदनमा आधारित आफ्ना मागहरू सम्बोधन नगरे बेलायत र नेपालमा पुन: आन्दोलन, प्रदर्शन र भोक हड्ताल सुरु गर्ने चेतावनी दिएको थियो ।

समितिको पत्रमा ब्रिटिश सेनामा भर्ती भएका भूतपूर्व गोर्खाहरूले भोगेको व्यवहार सन् १९४७ को त्रिपक्षीय सम्झौताको मर्मविपरीत भएको उल्लेख गर्दै गोर्खाहरूलाई मूल ब्रिटिश सेनाका अन्य युनिटसरह समान आधारमा व्यवहार गरिनुपर्नेमा त्यसो नभएको स्मरण गराइएको छ ।



जवाफमा बेलायती मन्त्री लुइसले संयुक्त अधिराज्य (यूके) ले गोर्खा सैनिकहरूको सेवा र बलिदानलाई अत्यन्त उच्च सम्मानका साथ हेर्ने गरेको उल्लेख गर्दै दुई शताब्दी बढी समयदेखि गोर्खाहरूले यूकेको रक्षार्थ विशिष्ट र सम्मानयोग्य भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेकी छन् ।

मन्त्री लुइसले समितिका प्रमुख संयोजक कृष्णबहादुर राई र उनका सहकर्मीहरूको स्वास्थ्य तथा कल्याणप्रति आफ्नो गम्भीर चिन्ता व्यक्त गर्दै गोर्खाहरूलाई आफ्नो सुरक्षा जोखिममा पार्न सक्ने कुनै पनि कदमबाट टाढा रहन दृढतापूर्वक आग्रह गरेकी छन् ।

सरकार गोर्खा प्रतिनिधिहरूसँग रचनात्मक संवाद–सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको पत्रमा उल्लेख छ । ‘हामी दृढतापूर्वक विश्वास गर्छौं कि निरन्तर संवाद जारी राख्दा नै सबैभन्दा राम्रोसँग प्रगति हासिल हुन्छ र आउँदा हप्ताहरूमा पनि सोही भावनामा छलफल निरन्तर चलिरहोस् भन्ने हाम्रो अपेक्षा छ’, उनले भनेकी छन् ।

अर्को विरोधाभाषपूर्ण जवाफ

उता, भेट्रान्स मन्त्री जोन्सले गत फेब्रुअरी ५ तारिख लिबरल डेमोक्रयाट सांसद विल फोर्सटरको प्रश्नमा पठाएको लिखित जवाफ भने विरोधाभाषपूर्ण देखिएको छ ।

उनले सांसद फोर्सटरलाई पठाएको जवाफमा हालको पेन्सन व्यवस्था अधिकांश सेवाका लागि पहिल्यै समान रूपमा लागू भइसकेको दावी गरिएको यूके डिफेन्स जर्नलले उल्लेख गरेको छ ।

मन्त्री स्यान्डर–जोन्सले बेलायत सरकारले गोर्खा सैनिकहरूको योगदानको उच्च कदर गर्ने जनाउँदै सोहीअनुसार करिब दुई दशकअघि गरिएको पेन्सन सुधारबारे स्मरण गराएकी छन् ।

उनले सन् २००७ यता गोर्खा सैनिकहरूले पनि बेलायती सेनाका अन्य सदस्यसरह आर्मड फोर्सेज पेन्सन स्किम अन्तर्गत समान पेन्सन पाउँदै आएको बताएकी छन् ।

२००७ भन्दा अगाडि सेवा गरेका गोर्खा भूतपूर्व सैनिकका हकमा लागू १९४८ को गोर्खा पेन्सन स्किम अधिकांशका लागि समान अवधिको सेवा गरेका बेलायती सैनिकको तुलनामा कम्तीमा बराबर र कयौं अवस्थामा झन राम्रो रहेको दावी उनको छ ।

भूतपूर्व गोर्खा सैनिकहरूलाई न्याय र सम्मानका साथ व्यवहार गर्ने बेलायत सरकारको प्रतिवद्धता यथावत् रहेको उनले दोहोर्‍याएकी छन् ।

भूतपूर्व गोर्खा समेतको सहभागितामा बेलायत र नेपालबीच जारी त्रिपक्षीय वार्ता मुख्यत: पेन्सनकै मागमा अल्झिएको छ ।

तर, यसअघि पेन्सन विषयमा छलफल नै नगर्ने अडानमा रहेको बेलायत सरकार पछिल्लो समय मध्यमार्गी विकल्प ‘अफोर्डबेल सोलुसन’ निकाल्न थप छलफल गर्न तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...