मुख्य समाचार
७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने
७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने

। निर्वाचन खर्चका लागि राजनीतिक दल र उम्मेदवारले आर्थिक सहयोग (चन्दा) लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार, सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा लिन पाउँदैनन् ।

पहिलो : नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था,

दोस्रो : सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी

तेस्रो : कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था

चौथो : नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय

पाचौं : राष्ट्रिय तथा अन्तर गैरसरकारी संस्था

छैठौं : नाम नखुलेको व्यक्ति वा संस्था

सातौं : विदेशी सरकार, संस्था वा व्यक्ति

यसबाहेक पनि आयोगले चन्दा लिन नपाउने भनेर अन्य संस्था तोक्न सक्दछ ।

निर्वाचन आचारसंहिता २०८२ को बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरणको विषय छ । जसअनुसार उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नु पर्ने हुन्छ ।

उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने, तोकिएका पदाधिकारीको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने लगायतका प्रावधान छ ।

पच्चीस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वैंक वा वित्तीय संस्था मार्फत गर्नु पर्ने, व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा दलको बैंक खातामा जम्मा गर्नु पर्ने व्यवस्था छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नु पर्ने व्यवस्था पनि छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो । दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए । भट्टलाई ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् । प्रचण्डले आसन्न निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । बिहीबार निर्वाचन क्षेत्र आइपुगेका प्रचण्डले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै अब रूसमाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे । ‘म एक थान सांसद बन्न यहाँ आएको होइन,’ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन पनि कांग्रेसलाई भाट हाल्नुपर्ने बताएका छन् । चुनावी अभियानकै क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन् । ‘यो निर्वाचनको परिणामबाट प्राप्त गर्ने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको ...
। जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचवटै ५ निर्वाचन क्षेत्रमा मनोनयन गरेका उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘चुनावमा प्राय: दल गठबन्धन नगरेर गएका छौं, यो सकारात्मक कुरा हो । कांग्रेस ...