मुख्य समाचार
पार्टी बदलिएर आएकोले फागुन २१ गते हुने निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्ने दाबी
पार्टी बदलिएर आएकोले फागुन २१ गते हुने निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्ने दाबी

। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपाली कांग्रेस मात्रै बदलिएर नयाँ नेतृत्वसहित आएको सांच्चै नयाँ दल भएको बताएका छन् । पार्टीले भैरहवामा गरेको चुनावी कार्यक्रममा शर्माले पार्टी बदलिएर आएकोले फागुन २१ गते हुने निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्ने दाबी गरे ।

देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त सूचना बमोजिम कांग्रेस पहिलो पार्टी बन्ने उनको भनाइ छ ।


‘कांग्रेस फेरि ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको छ’, शर्माले भने, ‘पुरानाका दिन गए भन्न मिल्दैन,यो धर्तीमा सबैभन्दा पूरानो धर्ती नै हो र नयाँ भनेको जन्ममितिले हुंदैन, नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको कांग्रेस नै हो ।’

जेन जी आन्दोलनमा भएको मानवीय र राष्ट्रिय सम्पदा तथा निजी सम्पत्तिको क्षतिले आम नेपालीको मन जलेको, मन भाँचिएको र विश्वास टुक्रिएको टिप्पणी गर्दै तर जेनजी विद्रोह सबै गलत र भदौ २३ अघि सबै ठीक थियो भन्ने भाष्य सत्य नभएको शर्माले स्पष्ट पारे ।



जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको भन्दै उनले सोही मर्म र भावना अनुसार कांग्रेसले प्रतिकूल अवस्थामा समेत विशेष महाधिवेशन गरेर नयां नेतृत्व चयन गरेर कांग्रेसभित्र मात्र नभई अन्य दलमा समेत आशा र भरोसा दिलाएको बताए ।

उनले अहिले विशेष महाधिवेशन ठीक वा वेठीक भन्ने वहस गर्ने बेला नभएको उल्लेख गर्दै सिंगो कांग्रेस एकजुट भएर चुनावमा वहुमत ल्याउन खटिनुपर्ने निर्देशन दिए । ‘फागुनको चुनावपछि नियमित महाधिवेशन हुन्छ, त्यसपछि प्रदेश र स्थानीय तहको चुनाव हुन्छ ती चुनावमा उम्मेदवार हुन प्रारम्भिक चुनाव हुन्छ त्यसैले उम्मेदवार बन्न अब पार्टी केन्द्रतिर हेर्ने होइन, आफ्नो कार्यक्षेत्रमा इमान्दार भएर खटिनुस्’–उपसभापति शर्माले भने–‘अहिलेको चुनावमा वहुमत ल्याउन सकेनौं भने यसपछिका चुनावमा पनि पार्टी कमजोर हुनसक्छ भन्ने कुरा नभुलौं ।’

कार्यक्रममा पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसको बहुमत आउन जरुरी रहेको र त्यसका लागि काँग्रेसका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो । दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए । भट्टलाई ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् । प्रचण्डले आसन्न निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । बिहीबार निर्वाचन क्षेत्र आइपुगेका प्रचण्डले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै अब रूसमाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे । ‘म एक थान सांसद बन्न यहाँ आएको होइन,’ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन पनि कांग्रेसलाई भाट हाल्नुपर्ने बताएका छन् । चुनावी अभियानकै क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन् । ‘यो निर्वाचनको परिणामबाट प्राप्त गर्ने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको ...
। जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचवटै ५ निर्वाचन क्षेत्रमा मनोनयन गरेका उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘चुनावमा प्राय: दल गठबन्धन नगरेर गएका छौं, यो सकारात्मक कुरा हो । कांग्रेस ...