मुख्य समाचार
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार कैदी पक्राउ
जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

। लागु औषध मुद्दाका फरार कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २७ वर्षीय सागर खाती छन् । उनलाई सशस्त्र प्रहरीको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट पक्राउ गरेको हो ।

सोही ठाउँको ठाडाटोल घर बताउने उनलाई बुधबार बेलुका सशस्त्र प्रहरी बल नेपाल निर्वाचन सुरक्षा बेश सन्तपुर रौतहटले नियन्त्रणमा लिएको हो ।

उनी जेनजी आन्दोनको क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागार काठमाडौंबाट फरार भएका थिए । नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो । दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए । भट्टलाई ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् । प्रचण्डले आसन्न निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । बिहीबार निर्वाचन क्षेत्र आइपुगेका प्रचण्डले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै अब रूसमाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे । ‘म एक थान सांसद बन्न यहाँ आएको होइन,’ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन पनि कांग्रेसलाई भाट हाल्नुपर्ने बताएका छन् । चुनावी अभियानकै क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन् । ‘यो निर्वाचनको परिणामबाट प्राप्त गर्ने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको ...
। जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचवटै ५ निर्वाचन क्षेत्रमा मनोनयन गरेका उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘चुनावमा प्राय: दल गठबन्धन नगरेर गएका छौं, यो सकारात्मक कुरा हो । कांग्रेस ...