मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ
जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ

। जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो ।

संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेको अवस्थामा राई कारागारबाट भागेका थिए ।

त्यस्तै चौविसे गाउँपालिका–३ का ३४ वर्षीय सिजन तामाङलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । अङ्गभङ्ग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएका उनी कारागारबाट भागेका थिए ।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि गाउँपालिका–७ का संगम माझी र साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय बुद्धराज लिम्बूलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

कर्तव्य ज्यान तथा चोरी मुद्दामा २० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका चौविसे गाउँपालिका–२ धारापानीका ४६ वर्षीय रमेश पाङ्मी मगर तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरीको धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाका प्रमुख प्रहरी उपरिक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी कारागार बुझाइएको एसपी थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो । दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए । भट्टलाई ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् । प्रचण्डले आसन्न निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । बिहीबार निर्वाचन क्षेत्र आइपुगेका प्रचण्डले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै अब रूसमाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे । ‘म एक थान सांसद बन्न यहाँ आएको होइन,’ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन पनि कांग्रेसलाई भाट हाल्नुपर्ने बताएका छन् । चुनावी अभियानकै क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन् । ‘यो निर्वाचनको परिणामबाट प्राप्त गर्ने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचवटै ५ निर्वाचन क्षेत्रमा मनोनयन गरेका उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘चुनावमा प्राय: दल गठबन्धन नगरेर गएका छौं, यो सकारात्मक कुरा हो । कांग्रेस ...
। प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छिन् । सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोशी प्रदेशको अवस्थाबारे छलफल गरेकी हुन् । कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, ...