मुख्य समाचार
आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको
आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् ।

प्रचण्डले आसन्न निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् ।

बिहीबार निर्वाचन क्षेत्र आइपुगेका प्रचण्डले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै अब रूसमाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे ।

‘म एक थान सांसद बन्न यहाँ आएको होइन,’ प्रचण्डले भने, ‘शहीद र बेपत्ता परिवारका सपना पूरा गर्न र गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्न म फेरि आफ्नै घर (आधारभूमि) फर्किएको हुँ ।’



भूमे गाउँपालिका–१ लुगुममा आयोजित जनभेटघाट कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले शहीद मार्गलाई पूर्णता दिने प्रतिबद्धता पनि जनाए ।

​कार्यक्रममा भूमे–१ का वडाध्यक्ष मनकाजी पुन, मावि लुगुमका प्रधानाध्यापक रामबहादुर पुन र शहीद परिवारका सदस्यहरूले गाउँको विकासका लागि विभिन्न योजनाहरू समेटिएको मागपत्र पनि बुझाएका थिए ।

जनजाति र दलित समुदायको बाहुल्यता रहेको यस क्षेत्रको कला–संस्कृतिलाई संरक्षण गर्दै आयआर्जनसँग जोड्ने प्रतिबद्धता प्रचण्डले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो । दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए । भट्टलाई ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन पनि कांग्रेसलाई भाट हाल्नुपर्ने बताएका छन् । चुनावी अभियानकै क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन् । ‘यो निर्वाचनको परिणामबाट प्राप्त गर्ने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको ...
। जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचवटै ५ निर्वाचन क्षेत्रमा मनोनयन गरेका उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘चुनावमा प्राय: दल गठबन्धन नगरेर गएका छौं, यो सकारात्मक कुरा हो । कांग्रेस ...
। प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छिन् । सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोशी प्रदेशको अवस्थाबारे छलफल गरेकी हुन् । कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, ...