मुख्य समाचार
बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

। बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको हो ।

दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला मोडमा बिहीबार साँझ पौने ५ बजेको समयमा बसको ढोकाबाट खसेर भट्ट गम्भीर घाइते भएका थिए ।

भट्टलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको सजल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

मृतकको शव अस्पतालमै राखिएको छ । भट्टको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एक थान सांसद बन्नका लागि मात्रै रुकुमपूर्व नआएको बताएका छन् । प्रचण्डले आसन्न निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवारी दिएका छन् । बिहीबार निर्वाचन क्षेत्र आइपुगेका प्रचण्डले व्यवस्था परिवर्तनको जग बसाल्ने रुकुमको धर्तीबाटै अब रूसमाजवादको क्रान्ति’ सुरु हुने दाबी गरे । ‘म एक थान सांसद बन्न यहाँ आएको होइन,’ ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन पनि कांग्रेसलाई भाट हाल्नुपर्ने बताएका छन् । चुनावी अभियानकै क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दलहरुलाई मत हालेर संविधानले दिएका अधिकारहरु जोगाउन नसकिने बताएका हुन् । ‘यो निर्वाचनको परिणामबाट प्राप्त गर्ने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको ...
। जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका आठ जनालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको हो । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई प्रहरीले साँगुरीगढी गाउँपालिका–६ भेडेटारचोकबाट पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचवटै ५ निर्वाचन क्षेत्रमा मनोनयन गरेका उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । ‘चुनावमा प्राय: दल गठबन्धन नगरेर गएका छौं, यो सकारात्मक कुरा हो । कांग्रेस ...
। प्रधानमन्त्री सुशीला कार्कीले कोशी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छिन् । सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोशी प्रदेशको अवस्थाबारे छलफल गरेकी हुन् । कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायव महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, ...