मुख्य समाचार
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्‍यो इन-एप इलेक्सन सेन्टर
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्‍यो इन-एप इलेक्सन सेन्टर

। टिकटकले ‘इलेक्सन सेन्टर’ सुरु भएको जनाएको छ । एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको प्लाटफर्मले जनाएको छ ।

सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासको निरन्तरतास्वरूप यो पहल सुरु गरिएको टिकटकले जनाएको छ । ‘यसले प्रयोगकर्तालाई विश्वसनीय जानकारीसँग जोड्दै हानिकारक कन्टेन्ट हटाउने टिकटकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।




यस पहलअन्तर्गत टिकटकले आयोगसँग निर्वाचनको निष्पक्षता र नैतिकतालाई सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ । साथै, आयोग परिसरमा निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने विषयको सन्दर्भमा क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको थियो, जसमा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्धन, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाहरूबीच निर्वाचनको नैतिकता सम्बन्धि बुझाईलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

एपभित्रको ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो, जसले एकै स्थानबाट आधिकारिक र विश्वसनीय निर्वाचनसम्बन्धी जानकारी पाउन सहज बनाउनको टिकटकको विश्वास छ । केन्द्रमा निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने भन्ने जानकारी, भ्रामक सूचना पहिचान गर्ने सुझाव तथा आयोगका आधिकारिक स्रोतसँग प्रत्यक्ष जोड्ने लिंक उपलब्ध छन् ।



साथै, टिकटकले सम्बन्धित कन्टेन्ट र सर्चमा निर्वाचन ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सिधै ‘इलेक्सन सेन्टर’ मा मार्गनिर्देशन गर्ने जनाइएको छ ।

“निर्वाचन कुनै पनि लोकतन्त्रका लागि अत्यन्त महत्वपूर्ण क्षण हो र सार्वजनिक संवादमा प्रभाव पार्ने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारी बुझेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस सहकार्यमार्फत हामीले सुसूचित सहभागिताको प्रवद्र्धन गर्ने, शान्तिपूर्ण वातावरण सुदृढ गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित स्थान प्रदान गर्ने लक्ष्य राखेका छौं ।’

‘इलेक्सन सेन्टर’ले नेपाली प्रयोगकर्तालाई उनीहरू जहाँ छन्, त्यहीँबाट मतदानसम्बन्धी आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउन मद्दत गर्नेछ,” दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले भने ।

यो पहल टिकटकले आफ्ना प्रयोगकर्तालाई प्लेटफर्ममा उपलब्ध कन्टेन्ट र अकाउन्टबारे आवश्यक सन्दर्भ जानकारी उपलब्ध गराउने व्यापक प्रयासको एक हिस्सा रहेको प्लाटफर्मले जनाएको छ । ‘टिकटकले हानिकारक भ्रामक सूचना र भ्रामक व्यवहारविरुद्ध कडा नीति लागू गरेको छ, जसमा एड्भान्स मोडरेशन प्रविधि र विश्वभरका हजारौं सुरक्षा विज्ञहरूको समर्थन रहेको छ। यसमा नेपालका लागि समर्पित ‘इलेक्सन टास्कफोर्स’ समेत परिचालन गरिएको छ’ उनले भने ।

हानिकारक भ्रामक सूचना र अपुष्ट कन्टेन्टमा लेबल लगाइने, सिफारिसका लागि अयोग्य बनाइने वा सेयर गर्नु अघि प्रयोगकर्तालाई पुनर्विचार गर्न सुझाव दिइने जस्ता उपाय अपनाइने जनाइएको छ । सामग्रीको सत्यता मूल्याङ्कन गर्न टिकटकले विश्वभरका २० भन्दा बढी तथ्य जाँच गर्ने संस्थासँग सहकार्य गर्दै आएको छ ।

‘टिकटक आफ्नो प्लेटफर्ममा स्वाभाविक अन्तरक्रियालाई कमजोर पार्ने प्रयासविरुद्ध सधैं सतर्क छ । गोप्य प्रभावहरूको सञ्चालन, नक्कली पहिचान तथा बोट नेटवर्क जस्ता कृत्रिम संलग्नता निषेध गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिविरुद्ध गरिएका कारबाही टिकटकले आफ्नो ‘ट्रान्सपेरेन्सी सेन्टर’ मार्फत प्रत्येक महिना सार्वजनिक गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम