मुख्य समाचार
अर्थतन्त्र सही ढंगले चल्न सही सूचना प्रवाह आवश्यक रहने
अर्थतन्त्र सही ढंगले चल्न सही सूचना प्रवाह आवश्यक रहने

। अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढंगले चल्न सही सूचना प्रवाह आवश्यक रहने बताएका छन् । ‘मिडियामा सूचनाको हकको प्रयोग ः अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाडौंको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रियामा मन्त्री खनालले भने, ‘अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना प्रवाह आवश्यक हुन्छ ।’

समाजलाई शान्त, सभ्य र सौम्य राख्नको निमित्त सही सूचना सही समयमा सही कारणले दिनुपर्ने खनालको भनाइ थियो । एउटै सूचना कसैले दुई दिनमा र कसैले १५ दिनमा पाउँदा धेरै फरक पार्ने मन्त्री खनालले जिकिर गरे ।

‘अर्थतन्त्रको सही विकासको निमित्त, हाम्रा आफ्नै क्रियाकलाप पनि सही तरिकाले सञ्चालनको निमित्त, समाजलाई शान्त, सभ्य र सौम्य राख्नको निमित्त सही सूचना सही समयमा सही कारणले दिनुपर्ने हुन्छ,’ उनले भने ।



उनले सूचनाको हक प्रयोग गरेर समाचारका लागि भन्दा पनि स्वार्थका लागि अन्य ठाउँमा प्रयोग हुने गरेको पनि बताए । मन्त्री खनालले अर्थ मन्त्रालयबाट सूचना माग गरेर स्वार्थ समूहले प्रयोग गर्ने गरेको पनि गुनासो गरे ।

‘अर्थ मन्त्रालयमा पत्रकारबाट सूचना माग गरिएको सूचना करिब–करिब छैनन् । किन भने धेरै सूचनाहरू वेवसाइटमै प्रकाशित हुन्छन् । कसले माग्यो भन्दा कुनै बेलामा पत्रकार भएको होला अथवा अरू नै भूमिकामा होला । त्यो सूचना लिएर कतै गएर प्रयोग गर्ने गतिविधि देखिन्छ,’ उनले भने, ‘त्यस्ता गतिविधिबाट हामी सचेत हुनुपर्छ । सूचना अत्यन्त महत्वपूर्ण छ ।’

सूचनाको हक सरकारी क्षेत्रमा मात्र नभएर व्यवसायिक घटनाभित्र पनि लागू हुने भन्दै मन्त्री खनालले सूचनाको हक नागकिर समक्ष पु¥याउन ‘एक्सप्लोर’ (प्रचार–प्रसार) गर्न आवश्यक रहेकोमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम