मुख्य समाचार
रोल्पामा निर्वाचन प्रहरी कुट्ने दुई प्रहरी प्रशिक्षकमाथि विभागीय कारबाही
रोल्पामा निर्वाचन प्रहरी कुट्ने दुई प्रहरी प्रशिक्षकमाथि विभागीय कारबाही

— रोल्पामा निर्वाचन प्रहरी कुट्ने दुई प्रहरी प्रशिक्षकमाथि विभागीय कारबाही गरिएको छ । तालिमका क्रममा निर्वाचन प्रहरीमाथि तालिमका दुई जना प्रशिक्षकले दुई समूहमा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि अचानक कुटपिट गरेका थिए।

घटनामा संलग्न दुई जना प्रहरी प्रशिक्षक प्रहरी जवान आरके खड्का र तिलक घर्ती मगरमाथि विभागीय कारबाही गरिएको जिल्ला प्रहरीले जनाएको छ। उनीहरूले पाउने ग्रेड रोक्का गर्ने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत सोमबार बेलुकी निर्वाचन प्रहरी कुटिएका थिए। खाना खुवाएर बास बस्ने स्थानमा जाने क्रममा बाटैबाट फिर्ता गरेर निर्वाचन प्रहरीमाथि जथाभावी कुटपिट गरिएको थियो। कुटाइबाट घाइतेमध्ये १६ जनालाई रोल्पा अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो। सुरुमा घटना गोप्य राखिए पनि नागरिक समाजको दबाबका कारण ४ दिनपछि कुटपिटमा संलग्न प्रहरी प्रशिक्षकमाथि कारबाही भएको हो। जथाभावी कुटपिट गरेका कारण धेरैजसो निर्वाचन प्रहरीको ढाड, खुट्टा र हातमा चोट लागेको रोल्पा अस्पतालले जनाएको छ।

घटना बारेमा अनुसन्धान गरिएको र संलग्न भएकामाथि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले बताए ।

प्रहरी अनुसन्धानका क्रममा तालिमका प्रशिक्षकले बाइक चलाइरहेका बेला निर्वाचन प्रहरी हाँसेका कारण प्रशिक्षकद्वयले रिसाएर कुटपिट गरेको पत्ता लागेको हो। निर्वाचन सुरक्षाको लागि रोल्पामा करिब १ हजार निर्वाचन प्रहरी भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा सडक दुर्घटना अब आकस्मिक घटना होइन, दैनिकी जस्तै बन्दै गएको छ। हरेक दिन औसत सात जनाको ज्यान जाने, सयभन्दा बढी घाइते हुने र हजारौं परिवार शोकमा डुब्ने अवस्थाले सडक सुरक्षा गम्भीर संकटमा पुगेको संकेत गर्छ। सवारी साधनको संख्या तीव्र गतिमा बढिरहँदा सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र नियमन कमजोर रहँदा दुर्घटनाको ग्राफ झन् उकालो ...
— ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अनियन्त्रित भई अन्दाजी पाँच सय मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ...
बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ
: गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालय र भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरातर्फ लैजान खोजिएपछि स्थानीय ब्यापारी आन्दोलनमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुले सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएर अहिले बजार बन्द गरेर आन्दोलन गरिरहेका छन् । व्यापारीहरुले बाटोमा बसेर अवरोध सिर्जना गरेपछि अहिले त्यहाँ ...
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह